सर्लाहीमा शुक्रबार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा मृतक बालिकाको बुवा घाइते भएका छन् । जिल्लाको लालबन्दी नगरपालिका–४, हरिभवनस्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट छोरीको मृत्यु र बाबु गम्भीर घाइते भएका हुन् ।
शुक्रबार दिउँसो २ः३० बजे ठुलो पानी परिरहेको समयमा हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको सेफ्टी ट्याङकी जडान गरिएको ना ५ त ३११३ नम्वरको ट्याक्टरले ठक्कर दिँदा हरिभवन निवासी सन्तोष भट्टराईकी छोरी छ वर्षीया अन्सु भट्टराईको मृत्यु भएको हो । बुवा सन्तोषले चलाएको साइकल पछाडि सवार अन्सुको ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते अन्सुका बुवा सन्तोषको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभयो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक लालबन्दी नगरपालिका–१७, रानिगन्जका ५० वर्षीय दुर्गामान थोकर लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments