लोकतान्त्रिक समाजवादी पार्टीद्वारा गोडैता नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मुकेश झा सर्लाही

लोकतान्त्रिक समाजवादी पार्टीद्वारा गोडैता नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सर्लाही, १० कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गोडैता नगरपालिकाका रामबनमा दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम बुधवार सम्पन्न गरेको छ ।
लोसपा नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्य, वरिष्ठ नेताद्वय राजेन्द्र महतो, शरद सिह भण्डारी र पार्टी नेता अनिल झाको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित सभालाई सम्बोधन गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशी जनतासंग राज्यले विभेद गरेको बताउनुभयो । राज्यको विभेद विरुद्ध आफुहरुको लडाई जारी रहने उहाँले बताउनुभयो । सिमा क्षेत्रमा बस्ने मधेशी जनता विभिन्न समस्या भोग्दै आएको अध्यक्ष ठाकुरले भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर सम्मानिय न्यायधिशहरु आफै बीच लडाई गरेको र त्यस कारण जनता मारमा परेको बताउनुभयो । न्यायाधीशहरु आफैमा विवाद गर्न थालेपछि हामीलाई कस्ले न्यायादिने, आज त्यही स्थिती नेपालमा रहेको अध्यक्ष ठाकुरले बताउनुभयो ।
संसद अवरुद्ध रहेको बताउँदै अध्यक्ष ठाकुर हाम्रो सरकार बहादुर सरकार रहेको कटाक्ष गर्नुभयो । तीन महिनामा मन्त्री परिषद्लाई पूर्णता दिने सरकारको काम कर्तव्य जनता माझ प्रष्ट भएको बताउनुभयो ।
आफैले बनाएको घरलाई घर निवासी नै भत्काउन भएपछि त्यसबाट घरको के हालत हुन्छ ? आज नेपालमा अदालत, प्रतिनिधि सभा र सरकारको त्यही हालत रहेको अध्यक्ष ठाकुरले भन्नुभयो । यो सबै विषयको कारण संविधाननै त्रुटिपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै लोसपाका वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो मधेशीसंग राज्यले गर्ने विभेदका कारण देशकै सबभन्दा पुरानो हुलाकी सडक बन्न नसकेको बताउनुभयो । राज्यले गर्ने विभेदका कारण आज मधेशी पछाडी परेको उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा संघिय सांसद चन्दा चौधरी, पूर्व संविधान सभा सदस्य केदार नन्दन चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा, प्रदेश सभा सदस्य उपेन्द्र महतो, गौरीनारायण साह, निलम देवी भुमिहारनी, रानी शर्मा तिवारी, जिल्ला संयोजक रामप्रसाद राय, बलरा नगरपालिका प्रमुख अभय सिंह, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, पार्टी नेता प्रदिप नारायण यादव, अरुण सिंह, राकेश मिश्र, मनिष मिश्रा, नागेश्वर महतो लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मनतव्य गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवले राख्नुभएको थियो ।

 

Comments
Loading...