Warning: session_start(): open(/tmp/sess_18oouuaqme3mikllrebihr1uo0, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक स्याहार तथा सहयोग तालिम शुरु – lokpriyaawaj

शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक स्याहार तथा सहयोग तालिम शुरु

बर्षा झा सर्लाही, जेष्ठ ७

वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत शिक्षकहरुका लागि ३ दिनको आवासीय मनोसामाजिक स्याहार तथा सहयोग तालिम आजबाट सर्लाहीको लालवन्दीमा शुरुवात भएको हो ।
तालिमबाट शिक्षकहरुले स्वास्थ्य, मानसिक स्वास्थ्यको बारेमा जानकारी हाँसिल गर्दै मनोसामाजिक समस्याका लक्षण, कारण, असर र व्यवस्थापनका बारेमा जानकरी हाँसिल राख्दै स्थानीयस्तरमा तनाव, पीरलाई व्यवस्थापन गर्न सक्ने र जटिल केसहरु उदासिनता(Depression),आत्महत्याको सोच आउने, आत्महानी गरेका घटनाहरुलाई मनोविमर्शकर्ता, मनोविद, तथा मनोचिकत्सकलाई प्रेषण(सिफारिस) गर्न पनि सक्ने साथै जसले गर्दा शिक्षक स्वयम्लाई मात्र फाईदा नभई उहाँको घरपरिवारका सदस्यहरुको पनि चिन्ता, तनाव व्यवस्थापन गर्न सक्ने, विद्यालयमा विद्यार्थीहरुको मुख्य समस्या के रहेछ भनी बुझी भावनात्मक सहयोग प्रदान गर्दै विद्यार्थीहरुको मनोसामाजिक स्वास्थ्यमा सहयोग हुँदै अन्तत्वगत्ता यसले विद्यार्थीहरुको सिकाई उपलब्धिमा समेत फाईदा पुग्ने बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका समुदाय तथा संस्थागत विद्यालयका करिब २४ जना शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको प्रशिक्षण वरिष्ठ मनोविद विनोद पौडेले गरेका छन् ।
तालिम विभिन्न किसिमका अभ्यास विधि, खेल, परीक्षण, घटना छलफल आदिबाट हुने प्रशिक्षक पौडेलले जानकारी दिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_18oouuaqme3mikllrebihr1uo0, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0