Warning: session_start(): open(/tmp/sess_t1p06tm9hag30avu013odj1dq2, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
संघसंस्थाहरुसँग साझेदारी गर्न प्रतिबद्ध – नगर प्रमुख साह – lokpriyaawaj

संघसंस्थाहरुसँग साझेदारी गर्न प्रतिबद्ध – नगर प्रमुख साह

मुकेश झा

सर्लाही, कार्तिक ४। संघसंस्थाहरुसँग विभिन्न कार्यक्रममा साझेदारी गर्न प्रतिबद्ध रहेको कुरा हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले स्थानीय सल्लाहकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम मार्फत प्रतिबद्धता गर्नु भयो । वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपाल तथा राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाहीद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशीप साथै पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाहरुको हरिपुर्वा नगरपालिकामा आर्थिक वर्ष २०२४ को समिक्षा तथा आर्थिक वर्ष २०२५ का लागि परिचयात्मक कार्यक्रम सम्पन्न भएको कार्यक्रममा बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रले गरेका कामहरु निकै सह्रानीय रहेको, समुदाय सकारात्मक परिवर्तन र बालबालिकाहरुको स्वास्थ्य, संरक्षण तथा विकासमा उल्लेखनीय मद्दत समेत मिलेको बताउनु भएका छन् ।
नगर प्रमुख साह भन्नु हुन्छ, “विगतका वर्ष जस्तै आर्थिक वर्ष २०२४मा कार्यक्रमहरु राम्रो सँग भएको छ र आगमी वर्षहरुमा पनि यस्तै सहयोगका अपेक्ष गर्दछु जसको लागि नगरपालिका दुवै संस्थाहरुलाई आवश्यक सहयोग गर्न हरदम तयार छ ।”

हरिपुर्वा नगर बालसञ्जालका प्रतिनिधि उज्वल साहले नगरपालिकाको विद्यालय व्यवस्थापन समितिमा बालबालिकाहरुको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गराउनका लागि अनुरोध गर्नु भयो ।
बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यक्रमहरु राम्रोसँग चलेको छ त्यसमा कुनै डुप्लिकेशन भएको छैन । हाम्रो समाजको रुपान्तरण र बाल समृद्धिको लागि साझेदार संस्थाहरुले लगानी गरेका छन् । कार्यक्रमहरुको पनि पालिकाले अपनत्व लिन जरुरी रहेको हरिपुर्वा नगर पालिकाका प्रशासकीय अधिकृत कुमार परियारले बताउनु भयो । अधिकृत परियार जोड गर्नु हुन्छ,“ग्रैर सरकारी संस्थाहरुसँग साझेदारहरु गर्दा कार्यक्रम प्रतिको अपनत्व बढ्छ, र लाभान्वित वर्गहरुले ठोस सहयोग पनि प्राप्त गर्छ ।” अधिकृत परियारले जनप्रतिहरुलाई साझेदार संस्थाहरुसँग विभिन्न कार्यक्रमहरुमा साझेदारी गर्न समेत अनुरोध गर्न भयो ।
हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, वडा सदस्यहरु तथा बाल सञ्जालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरीले कार्यक्रमको स्वागत तथा उद्देश्या प्रकाश पार्नु पार्नु भएको थियो भने, कार्यक्रमको सञ्चालन राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका मिल अधिकृत झुमा पाँचकोटीले सञ्चालन गरेका थिए। त्यसै गर कार्यक्रमको सहजिकरण राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका कार्यक्रम व्यवस्थापक राम यादव र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_t1p06tm9hag30avu013odj1dq2, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0