सर्लाहीकोहरिपूर्वा नगरपालिकामा आज आएको रिर्पोटमा ८ जना कारोना पोजेटिभ ,२५ जनाको रिर्पोट आउन बाकि

मुकेश झा १० भदौ २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज बुधबार १ सय २५ जनाको रिर्पोट आएको छ । भदौ ७ गते सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित रहेको श्री केश्वर गरिब जनता माबि मा नगरपालिका भित्रमा विभिन्न क्षेत्रमा क्रियाशिल १ सय ५० जनाको स्वाब संकलन गरी पिसिआरको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । १ सय ५० जना मध्ये ९७ जनाको रिर्पोट मगंलबार र २८ जनाको रिर्पोट बुधवार पठाएकोमा ८ जनाको कोरोना पोजिटिभ आएको हरिपूर्वा नगरपालिकाको स्वास्थ शाखा प्रमुख रामएकबाल राय ले बताए।

८ जना कारोना पाजेटिभ आएको सबै समुदाय स्तरका नै रहेको स्वास्थ्य प्रमुख रायले वताएको छन । राय को अनुसार कारोना संक्रमितहरु मध्ये हरिपूर्वा नगरपालिका ५ को ३ जना ७०, ५०, र १५ बर्ष उमेरको पूरुष रहेको छ । त्यस्तै वडा नम्बर ४ को २ जना ३१ र ३५ बर्ष उमेरको पुरुष ,वडा नम्बर ६ को २ जना २० र ६५ बर्ष उमेरको पुरुष तथा पशु कार्यालय को र्कमचारी ५७ बर्षिय पुरुष रहेको छन । संक्रमित मध्ये २–३ जनामा कारोनाको लक्षण देखिए पनि सबैलाई अहिले होम आइसोलेसनमा नै राख्ने ब्यबस्था रहेको स्वास्थ्यकर्मी लालबाबु रायले बताएको छन ।

नेपालको सरकारको कोरोना भाईरस सम्बन्धि नयाँ ऐन अनुसार कोरोना पोजिटिभ आएको व्यक्तिको पहचान सार्वजनिक नगर्नु पर्ने भएकोले कोरोना सक्रमित व्यक्तिको नाम र ठेगाना गोप्य राखिएको रायले बताए। आम नागरिकहरुको स्वास्थलाई पहिलो प्राथमिकतामा राख्दै स्थानिय सरकारले कोरोना भाईरस महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि पिसिआर जाँचका दायरा फराकिलो बनाएको छ।
हरिपूर्वा नगरपालिकामा ३ सय जनाको लागि भिटिएम आए पनि १ सय ५० जनाले मात्र कोरोना जाच गराएको थियो ।

हरिपूर्वा नगरपालिकाका मेयर सियाराम राय यादवले केहि दिन भित्रै पुनः दोस्रो चरणको कोरोना भाईरस सम्बन्धि जाँच हुने बारे जानकारी गराएको छ। कोरोना भाईरसको जोखिममा रहेका, शंकास्पद तथा पिसिआर जाँच गराउनमा छटेका नागरिकले कोरोना भाईरस सम्बन्धि जाँचका लागि आ आफनो स्थानिय स्वास्थ चौकीमा नामांकन गराउन मेयर यादव ले अपिल समेत गरे।

Comments
Loading...