Traffic accident. Young man hit by a car

सर्लाहीको हरिपूर्वा नपामा नम्बर न खुलेको गाडीको ठक्कर बाट एक बृद्धको मृत्यू

लोकप्रिय समाचार २०७७ ०३ ०१

सर्लाही हरिपूर्वा ९ मिर्चैया टोल बस्ने अन्दाजी ७० बर्षको एक बृद्धालाई राति सुतेको बेला गाडी नम्बर र गाडी पहिचान नभएको सबारीले किचेर मारेको स्थानिय नेता महेश यादबले बताएको छन् । आफनै मकै खेतको अगाडी मकैको रखवाली गरिदै खेत नजिक रहेको सडकमा पाल लगाई सुतेको बेला बसंतपूर ९ बस्ने ७० बर्षिय सिघेंश्वर रायमाथि कुनै अनजान गाडिले शरिर माथी नै गाडि चलाएपछि मृत्यूभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छन ।
आज बिहानै देखि मृतक का घर परिबारले बाकें सग्राम्पूर सडक खण्ड बन्द गरेको थियो । कुन गाडि बाट मृतयू भएको हो त्यसलाई पता लगाई र्कावाही र क्षतिपूर्ती को माग गरिदै बाटो जाम गरेको स्थानिय उमेश रायले वताएको हुन ।
जो कोहिले यस्ता घटना घटाएको हो त्यस्तो गाडि र चालकको अबिलम्ब खोजी गरि र्कावाही गरिने अश्वासन प्रहरीबाट आएपछि मृतकको शवलाइ पोस्टमार्डमको लागीजिल्ला पठइएको रायले वताए ।

Comments
Loading...