सर्लाहीको ४ वटा पालिकाको ५८ वटा विद्यालयलाई आर आर पि के द्वारा मास्क सेनिटाइजर हस्तान्तरण

रौशन झा ०१ - २०७७ - कार्तिक

वल्र्ड भिजन इन्टरनेसनल नेपाल, एच आई, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजग।र प्रवद्र्धन केन्द्र (आर.आर.पी.के)सँगको साझेदारीमा संचालित सिकाई परियोना अन्तर्गत हरिपुर्वा नगरपालिका, पर्सा चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाका ५८ वटा सामुदायीक विद्यालयलाई सेनिटाइज गर्नको लागि रु तीन लाख बराबरको सेनिटाइजेशन सामग्रीहरु जस्तै हयाण्ड सेनिटाइजर, हयाण्ड वास लिक्यूड, पेष्टीसाइड स्प्रेय टंक, सोडियम हाइपोक्लोराइट सोलुशन, फेस सिल्ड, ग्लोव र मास्क सम्बन्धित पालिकाको शिक्षा शाखालाई हस्तान्तरण गरिएको जानकारी संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले दिनु भयो ।

उक्त हस्तान्तरण कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अषोक साहले सबै सामुदायीक विद्यालयका प्र.अ.हरु संघ बैठक बसी विद्यालयलाई नियमित सेनिटाइज गर्नको लागी आवस्यक छलफल गरी सेनिटाइजेशन सामग्रीहरु विद्यालयका प्र.अ.हरु जिम्मा लगाउने बताउनु भएको थियो ।

हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम यादवले अहिले कोरोना महामारीको कारण विद्यालय संचालन गर्न कठिनाई भईरहेको अवस्थामा आर.आर.पि.के.ले विद्यालय सेनिटाइजेशन सामग्रीहरु उपलब्ध गराईएकोमा धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरेको सहयोग स्राहनिय छ बताउनु भएको थियो ।हरिपुर्वा नगरपालिकाकै शिक्षा अधिकृत जनक काफलेले सबै विद्यालयवाट सेनिटाइज गराउन माग भइरहेकै बेला आर.आर.पि.के.ले विद्यालय सेनिटाइजेशन सामग्रीहरु उपलब्ध गराएकोमा हामीलाई धेरै नै राहत भएको बताउनु भएको छ ।

Comments
Loading...