सर्लाहीमा कार अनियन्त्रित १ को मृत्यु ३ घाइते
माघ २१ इश्वरपुर । सर्लाही स्थित पुर्व पश्चिम लोकराजमार्गको बाके जंगलमा कार आफै अनियन्त्रित भएर एक जनाको मृत्यु र ३ जना घाइते भएका छन ।
काकरभिट्टा बाट बुटवल तर्फ गइरहेको लु 3 च ५४७२ नम्बरको कार बाके स्थित तेस्रो लचका नजिक आफै अनियंत्रित भएर दुर्घटना भएपछि फुलजोर प्रहरीले तत्कालै उद्दार गरि बर्दिवास स्थित शुभस्वस्तिक अस्पतालमा पठाएको थियो ।
अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका १ बस्ने बर्ष २७ को शुभम जयसवालको मृत्यु भएको र दुर्घटनामा परि कार चालक बर्ष २३ को साहिल बर्मा, बर्ष ४८ को बृजकिशोर बर्मा, बर्ष ५२ को संजय जयसबाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ ।