सर्लाहीमा कोरोना संक्रमित संख्या १७५ पुगे, आज मात्रै जिल्लाको तिन वटा पालिकामा नया संक्रमित थपिए २७ जना

लोकप्रिय समाचारदाता २४ जेष्ठ २०७७, शनिबार ०५:१२

सर्लाही । सर्लाहीमा आज शनिवार २७ जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकामा १३ जना, विष्णु गाउँपालिकामा ११ जना र ईश्वरपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।उनीहरु १६ देखि ३६ बर्ष उमेर समुहका रहेको बुझिएको छ।

80%
Awesome
  • Design
Comments
Loading...