सर्लाहीमा खुलेआम वन क्षेत्रको जमिन उत्खनन् गरी माटो विक्री-वितरण, संबंधित कार्यालय मौन

लोकप्रिय अवाज समाचारदाता

सर्लाही,वैशाख -४,सर्लाहीमा खुलेआम वन क्षेत्रको जमिन उत्खनन् गरी माटो विक्रीवितरण गर्दासमेत वन कार्यालय भने बेखबर भएको पाइएको छ ।
जिल्लाको हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा रहेको सव डिभिजन वन कार्यालय जानकीनगर वन क्षेत्रबाट जमिन उत्खनन् गरी माटो विक्री वितरण हुँदा समेत वन कार्यालय जानकीनगर र यसका प्रमुख विनय साह मुकदर्शक बनेका   हुन् ।
यसरी वन कार्यालयको आँखै आगडि करीब ५ सय मिटरको दुरीमा रहेको वन क्षेत्रको जमिनमा खुलेखाम उत्खनन् गर्दा, पोखरी खन्दा र माटो विक्रीवितरण गर्दा समेत वनका कर्मचारीहरु मुकदर्शक बन्नुको भित्री रहस्य अर्कै हुन सक्ने स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयका अनुसार सव डिभिजन कार्यालयका प्रमुख साहको मिलोमतोमै वनक्षेत्र उत्खनन् गरी माटो विक्री वितरण गरिएको हो । स्थानीयले वन क्षेत्रको जमिनमा खुलेआम उत्खनन् हुँदा समेत वन कार्यालयले चासो नदेखाएपछि मिडिया गुहारेका थिए । उनीहरुले भने, ‘हामीलाई गाउँमा विजुलीको एउटा पोल गाड्न समेत नदिएइको वन कार्यालयले त्यसरी वन क्षेत्रको एक विगाहबढी जमिन आँखै अघि खुलेआम उत्खनन् हुँदा यसलाई के भन्ने ? यो मिलोमतो होईन ?’
उता जग्गाधनी बरहथवा नगरपालिका स्थायी घर भएका मननाथ निरौलाले आफूले आफ्नै निजी जग्गामा पोखरी खनेको दाबी गरेका छन् । उनले आफूले १०/१२ वर्ष अघि नम्बरीसहित केही ऐलानी जमिनसमेत किनेको भन्दै त्यो वन क्षेत्र नभई आफ्नै जमिन भएको जिकिर गरेका छन् ।
यस विषयमा सब डिभिजन कार्यालय जानकीनगरका प्रमुख साह, सम्बन्धित वडाका वडाअध्यक्ष नानीबाबु थापासँग बुझ्दा निरौलाको नाममा तेह्र कट्ठा सत्र धुर मात्रै नम्बरी जमिन रहेको पाइएको छ । तर उनले नम्बरीबाहेक कै एक विगाहबढी जग्गामा धमाधम पोखरी खनि माटो विक्री गरेको देखिन्छ ।
वडाअध्यक्ष थापाले निरौलाले कुनै जानकारी नै नदिई पोखरी खनेकोले आफूलाई सो विषयमा धेरै कुरा थहा नभएको बताए । उनले भने, ‘उनले वडाको सिफारिस पनि लिएका छैनन्, वन कार्यालयले अनुमति दिएको पनि थाहा छैन । हामीले बुझ्दा उनको जमिन १३ कट्ठा सत्र धुर मात्रै देखिन्छ । तर पोखरी भने पौने दुई विगाहको छ ।’
यता सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख साहले निरौलाले वर्षौदेखि भोगचलन गर्दै आएको दाबी गरेकाले आफूहरु अन्यौलमा परेको तर पछि बुझ्दा सो जमिन वन क्षेत्रमै पर्ने देखेपछि पोखरी खन्न रोक लगाइएको बताए ।
उनले सो जमिन वन क्षेत्रको हो या ऐलानी हो सो को एकिन गर्न नापजाँचको प्रक्रिया अघि बढाइए सकिएको बताए । यता डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले पोखरी निर्माण सम्बन्धी स्थानीयको गुनासो आएपछि सम्बन्धित जग्गाधनीलाई सो जग्गा आफ्नो हो भनि प्रमाणसहित कार्यालयमा उपस्थित हुन पत्राचार गरिसकिएको बताए ।
सो जमिन वन क्षेत्रकै भएको पुष्टी हभएमा वन ऐन २०७६ अनुसार कार्वाही प्रक्रिया अघि बढाउने उनले बताए ।
उनले वन क्षेत्रको एक ईन्च जमिन पनि अतिक्रमण गर्न कसैलाई छुट नभएको भन्दै, कानून विपरीत कार्य गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।

Comments
Loading...