सर्लाही युवा संजालद्वारा बिरेन्द्र ठाकुरको परिबारलाई खाद्द समाग्री सहयोग

मुकेश झा भदौ ०६ २०७७ - हरिपूर्वा

 

सर्लाही युवा संजालले बिहीवार सर्लाहीको हरिपूर्वा नगरपालिका ६ बस्ने युवा बिरेन्द ठाकुरको घर परिवारलाई  खाद्द समाग्री सहयोग उपल्बध गराएको छन ।
बिरेनद्र ठाकुर युवा अबस्थामा नै केही दिन अघि ठुलो बिरामीको कारण स्र्वगीय भएपछि घर परिबार अहिले बिच्लीत भएको र क्रियाको लागी पनि खर्च नजुटेको बेला सर्लाही युवा संजालले १ क्वीन्टल चामल,५ किलो दाल,२ लिटर तेल,२ किलो नुन,तरकारी हरियो तथा सोयाबिन १ किलो सहयोग गरेको छन ।


स्वर्गीय बिरेन्द्र ठाकुर को परिवारमा अहिले ५ सन्तान जस्मा जेठो छोरा १२ वर्षको र गर्भवती श्रीमती छन । आम्दानी को श्रोत केही नरहेको र घरको अवस्था पनि धेरै नाजुक रहेको संजालको अध्यक्ष राज सिंघानियाले बताउनुभएको छ । सिंघानियाको अनुसार त्रिपाल को छानो मुनि जीवन बिताईरहेका ठाकुरको परिबारलाई अहिले पनि खुल्लामा सौच गरिरहेको देख्दा अति नै गम्भीर भएका छौ । हामीले उहाँको एउटा सानो घर बनाउन पहल गरिदिने पनि वाचा गरेर आएका उहां ले बताउनुभयो ।
सर्लाही युवा संजालको सदस्य भाग्य नारायण गुप्ता तथा शिबनाथ राउतले ठाकुर परिबारलाई खाद्द समाग्री सहयोग गरेको प्रबक्ता राहुल राजले बताएको छन । त्यस्तै केहि दिन अघि हरिपूर्वा नगरपालिकाको युवाहरुले बिरेन्द्र ठाकुर बचाउ अभियान समेत चलाएको थियो र सो अभियानमा केही आर्थिक सहयोग जम्मा भएको र सो रकम पनि मृतक को परिबारलाई हस्तनान्तरण गरिएको हरिपूर्वा युवा सामुदायिक क्लबको अध्यक्ष खगेन्द्र यादबले बताएको छ ।
ठाकुरको परिबारलाई बिभिन्न ठाउ तथा युवा क्लबले सहयोग गरेपनि हरिपूर्वा नगरपालिका बाट केही सहयोग नपाएको उनकी श्रीमतीले गुनासो गरेको छन ।

Comments
Loading...