सहारा बिकास बैंकको अध्यक्षमा चौथो पटक पनि संजय गुप्ता निर्वाचित

लोकप्रिय समाचारदाता २०७८ भदौ १२

सर्लाही, १२ भदौ । सहारा बिकास बैंक लिमिटेडको अध्यक्षमा चौथो पटक पनि सुगन्ध कुमार गुप्ता संजय निर्वाचित हुनुभएको छ ।
आज मलंगवाको कुुसुम पार्टी प्यालेसमा भएको वार्षिक सधारण सभाबाट गुप्ता चौथो पटक अध्यक्ष पदमा सर्वसहमतीबाट निर्वाचन प्रक्रियाद्वारा निर्वाचित हुनुभएको हो ।


संस्थापक शेयरधनीहरु समूह ‘क’ को तर्फबाट संचालक समितिको सदस्यमा सुबोध कुमार लुईटेल, ओम बहादुर थापा निर्वाचित हुनुभएको छ भने सर्वसाधारण शेयरधनीहरुको समूह ‘ख’ को तर्फबाट अस्मिता देवी अग्रवाल र प्रेम किशोर गुप्ता सर्वसहमतीले निर्वाचित हुनुभएको छ ।


सहारा बिकास बैंक लिमिटेडको आज भएको आठौं, नवौं र दशौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन अनुसार २०७८ असार मसान्त सम्म अधिकृत पूँजी ५० करोड, जारी तथा चुक्ता पूँजी २७ करोड २२ लाख ७० हजार ६ सय ४ रहेको छ भने कुल निक्षेप १ अर्ब १० करोड रहेको छ । त्यस्तै बेंकमो संस्थापक समूहको शेयर ५१ प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर रहेको छ ।

द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाईटी लिमिटेडका प्रबन्धक एवम् सहारा बिकास बैंका शेयर सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारण सभामा शेयर सदस्य लगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सर्लाही सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको सहारा बिकास बैंकको शाखा कार्यालयहरु जिल्लाको गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट वित्तिय कारोबार गर्न २०६७ असोज १८ गते ईजाजतपत्र प्राप्त गरेको सहारा बिकास बैंक ‘ख’ वर्गको संस्था रहेको छ ।
सहारा बिकास बैंक हाल ‘गरिमा विकास बैंक’ संग र्मज गर्ने प्रक्रियामा समेत रहेका छन्

Comments
Loading...