सिकाइ परियोजना अन्त्रगत हरिपूर्वा नगरपालिकाको २ वटा वडामा विद्यालय भवन हस्तान्तरण

रबिन्द्र ठाकुर १०– असोज – २०७७

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिका शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल नेपालको आर्थिक सहयोग तथा प्रबिधिक सहयोगमा ,राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र संगको साझेदारी र हरिपूर्वा नगरपालिका संगको सम्बन्य तथा सहकार्यमा संचालित सिकाई परियोजना अन्र्तगत हरिपूर्वा नगरपालिका को वडा नम्बर ३ को रामदेब प्राबि तथा हरिपूर्वा नपा ९ को जनता प्राथमिक बिद्यालय लाई शिक्षा जगतमा नया शक्ति प्रदान तथा बालबालिका लाई नयाँ दिशा प्रदान गर्नको लागी निर्मानित भवन एक कार्यक्रम बिच नगर प्रमुख सियाराम रायलाई हस्तान्तरण गरिएको छ ।


हरिपूर्वा नपा – ३ धनकौलमा रहेको रामदेब प्रा.बि लाई २१ लाख ९९ हजार ९ सय ७० को कुल लागतमा दूई कोठे ट्रस बिद्यालय भवन,बालमैत्री तथा अपागं मैत्री पक्की शौचालय निर्मानित हस्तान्तरण गरिएको छन भने हरिपूर्वा नगरपालिका ९ को खिल्हा भने टोलमा रहेको जनता प्राथमिक बिद्यालय लाई २० लाख ४८ हजार २ सय ९ रु को कुल लागतमा बालमैत्री तथा अपागं मैत्री पक्की दूई कोठे ट्रस बिद्यालय भवन हस्तान्तरण गरिएको छ ।

हस्तनान्तरण कार्यक्रमको प्रमुख आतिथीको रुपमा नगर प्रमुख सियाराम राय रहनुभएको थियो भने बिशिष्ट आतिथीको रुपमा हरिपूर्वा नपा को शिक्षा प्रमुख जनक काफले रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र बाट शिबजी प्रसाद साह सहितको टोली उपस्थित रहेको थियो ।

Comments
Loading...