सिकाई परियोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकामा विद्यालय भवन र शौचालय हस्तान्तरण 

मुकेश झा २०७८ चैत्र २५

सिकाई परियोजना अन्तर्गतसिकाई परियोजना अन्तर्गत सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिकामा १ करोड १५ लाखको लागतमा निर्मित विद्यालय भवन र शौचालय हस्तान्तरण कार्य सम्पन्न भएको छ ।


चन्द्रनगर गाउँपालिकामा तीनवटा विद्यालयमा निर्मित विद्यालय भवन र बालमैत्री तथा अपाङ्गता मैत्री शौचालय साथै हरिपुर्वा नगरपालिकामा एउटा विद्यालयमा विद्यालय भवनको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नं – १ स्थित श्री प्र्राथमिक विद्यालय लघुवामा ३६ लाख ८५ हजार ९४८ रुपैंयाको लागतमा दुईकोठे आरसीसी विद्यालय भवन, श्री जनता मा वि किशनपुरमा १४ लाख ५ हजार ८५४ रुपैंयाको लागतमा र वडा नं। ४ स्थित श्री ठगा प्राण बिहारी प्रा वि पोखरियामा १४ लाख ६० हजार ९सय ३२ रुपैंयाको लागतमा बालमैत्री, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन साथै हरिपुर्वा नगरपालिका वडा नं ३ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, धनकौलमा ३६ लाख ३६ हजार ४५ रुपैंयाको लागतमा दुईकोठे आरसीसी विद्यालय भवन हस्तान्तरण भएको छ ।


उक्त भवनहरु अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत निर्माण गरिएको छ ।
चन्द्रनगर गाउँपालिकामा गा.पा.अध्यक्ष महेन्द्र महतो र आर.आर.पि.के.का कोषाध्यक्ष पिंकी साह र हरिपुर्वा नगरपालिकामा नगर प्रमुख सियाराम राय र आर.आर.पि.के. का सचिव लिला पनेरुले संयुक्त रुपमा भवनहरु उद्धघाटन गर्नुभएको थियो ।
भवन हस्तान्तरण गर्नु अगाडी सहयोगी संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले भवनहरुमा लागेको खर्च विवरण प्रस्तुत गरि समाजिक लेखापरिक्षण गराउनु भएको थियो । साथै संरक्षण संयोजक शाहले विद्यालय भवन र शौचालय मर्मत सम्भार योजना प्रस्तुत गर्नु भएको थियो ।


हस्तान्तरण कार्यक्रमको उपलक्ष्यमा सहयोगी तथा साझेदार संस्थाहरुले विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकास कार्यको उच्च मुल्यांकन गर्दै विद्यालयको तर्फबाट संस्था र संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई दोसल्ला ओढाइ सम्मान–पत्र प्रदान गरेका थिए ।

Comments
Loading...