Warning: session_start(): open(/tmp/sess_2304kpon3vghbo7jvj4fhas7k2, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
सोनफी अधारभुत विद्यालयल द्वारा विद्यार्थी भर्ना अभियान – lokpriyaawaj

सोनफी अधारभुत विद्यालयल द्वारा विद्यार्थी भर्ना अभियान

रबिन्द्र ठाकुर

हरिपूर्वा २० । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका–५ स्थित रहेको सोनफी अधारभुत विद्यालयले आज एक कार्यक्रमको बिच विद्यार्थी भर्ना अभियान कार्यक्रम शुरु गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नाराका साथ गरिएको र्‍याली तथा घरदैलो अभियान कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ को वडाध्यक्ष बिजय कुमार साहले गर्नुभएको थियो ।


विद्यालयका प्रधानाध्यापक शशि कुमार यादवको नेतृत्वमा निकालिएको ¥यालीमा हरिपूर्वा वडा नम्बर १ का वडाध्यक्ष श्यामबाबू राय,समाज सेवी तथा युवा नेता डा बिरेन्द्र यादव,शिक्षक,विद्यार्थी सहितको टालीले घर घरमा गई बाल विवाह र बाल श्रम न्यूनिकरणमा समेत भूमिका खेल्न अभिभावकहरुलाई आग्रह गरेका थिए । उहाँहरुले बालबालिकालाई श्रममा लगाउनु, बालबालिकाको सानै उमेरमा विवाह गर्नु कानून विपरीत भएको भन्दै बालबालिकालाई बालमैत्री वातावरणमा पढ्न, बढ्न र हुर्कन दिनु अभिभावकको कतव्य भएको बताएका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_2304kpon3vghbo7jvj4fhas7k2, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0