स्थानियतह परियोजना सल्लाहकार समिती  बैठक सप्पन्न

मुकेश झा

पुस १८ हरिपुर्वा । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र बागमती सेवा समाज नेपाल को आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा आज २०८२/०८३को लागि कार्यक्रम संचालन तथा बितेको २०८१/०८२ मा गरिएको कार्यक्रम तथा उपलब्धिको बारेमा छलफल गरिएको छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीले हरिपुर्वा नगरपालिकामा पोषण तथा उत्थानशील जिविकपार्जन परियोजना (NRL) कार्यक्रम अन्तर्गत ५ सय ३१ अति बिपन्न घरपरिवारलाइ व्यवसायमा सहयोग, १ हजार १ सय ८४ घरपरिवारलाइ कृषि समाग्री सहयोग , ६ वटा गाउघर क्लिनिक भवन निर्माण गरि सहयोग गरिएको उक्त कर्यक्रमको कार्यक्रम प्रबन्धक राम कुमार यादवले जनाउनु भयो।

बागमती सेवा समाज नेपालबाट बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अधिल्लो ५ वर्षमा ३ वटा बाल सिकाई केन्द्र स्थापना, हरिपूर्वा नगरपालिकाको बाल पाश्र्वचित्र निर्माण, बाल लगानी योजना, बाल विवाह रोक्न ५ वर्षीय रणनीतिक योजना समेत तर्जुमा गरी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । यसैगरी ७२ जना अपाङ्गता भएका बालबालिकाहरुका लागि सहायक सामग्री वितरण गरिएको थियो भने ४ हजार २०० सय बालबालिकालाई न्यानो कम्बल, स्कूल ब्याग, ट्राकसुट, छाता, सुपानेट झुल, हाईजिन किट समेत वितरण गरिएको थियो ।

त्यस्तै २०८२/०८३ देखि ५ बर्षको लागि बाल समृद्धि र एकीकृत बिकासको लागि हातेमालो परियोजना संचालनमा आएको कार्यक्रम प्रबन्धक यादवले बताउनुभएको छ ।

हातेमालो कार्यक्रम अन्तर्गत ” बाल समृद्धि सुनिश्चित गर्न स्थानीय सरोकारबाला समुदाय र परिवार सशक्तलाइ अनुकुल वातावरण सिर्जना हुनेछ । जसका माध्यमबाट बालबालिकाहरुले आफ्नो अधिकारहरु पुर्ण रुपमा उपभोग गर्न सक्षम हुनेछ ” उद्देश्यका साथ ५ बर्षे परियोजना संचालनमा आउने सल्लाहकार समिति बैठकमा जानकारी गराइयो ।

त्यस्तै बागमती सेवा समाज नेपालको एकीकृत बिकासको लागि हातेमालो परियोजना कार्यक्रमको मनोसामाजिक परामर्श अधिकृत रामेश्वर दासले अगामि ५ बर्षे परियोजनाको बारेमा आफ्नो प्रस्तुति राख्नुभयो।

हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उप प्रमुख सुमिन्त्रा देवि ग्वारिन लगाएत विभिन्न वडाको वडाध्यक्ष,शाखा प्रमुखहरु, समाजसेविहरुको उपस्थिति रहेको थियो ।।

Comments
Loading...