Warning: session_start(): open(/tmp/sess_1huvcitvtlohoi188b5fmub814, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार खत्रीलाई – lokpriyaawaj

स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार खत्रीलाई

मुकेश झा

सर्लाही,२० मंसिर । प्रथम स्वर्गिय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्जन खत्रीलाई प्रदान गरिएको छ ।

आज लालबन्दी नगरपालिका स्थित पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा खत्रीलाई सम्मान–पत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
उनलाई महासंघकी केन्द्रीय सदस्य रिंकुकुमारी मिश्र, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतका अतिथिले सम्मान गरे ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले सर्लाहीमा क्रियाशील रुपले पत्रकारिता गर्दै सामाजिक सद्भाव एवं भाइचारा कायम गराउन र समृद्धिको यात्रामा डो¥याउन योगदान गर्नुभएकाले पत्रकार खत्रीलाई सम्मान गरिएको बताए । सम्मानित हुने पत्रकार खत्री गोरखापत्रका सर्लाही समाचारदाता हुन् ।

पूर्व पत्रकार तथा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराज ले २०७६ सालमा ५१ हजार रुपैयाँको सहयोग गरी यो पत्रकारिता कोष स्थापना गरेका थिए । साधारण सभामा प्रेस काउन्सिल मधेश प्रदेशका अध्यक्ष स्व. शिवहरि भट्टराईको तस्बिरमा माल्र्यापण गर्दै उनीप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

भट्टराई गएको शनिबार नै आयोजना गरिएको पत्रकार महासंघ सर्लाहीको साधारण सभामा आउँदा बास बसेको पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_1huvcitvtlohoi188b5fmub814, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0