हरिपुर्वा नगरपालिका को घरदैलोमा घटना दर्ता शिविर संचालन

अरविन्दकुमार चौधरी

सर्लाही
राष्ट्रिय परिचयपत्रतथापंजिकरण विभाग र हरिपुर्वा नगरपालिकाको आर्थिक सहयोगमा समाजविकास अभियान हरिपुर्वा ४ डुमरियाको आयोजनामा हरिपुर्वा नगरपालिका मा यहि मिति २०७८ वैषाख १३ गते देखि वैषाख २३ गते सम्म विधिवत रुपमा दर्ता शिविर संचालन भई रहेकोछ । दर्ता शिविरको उद्याटन वडा नंं १ वटा सुरु भएको थियो । त्यस कार्यक्रममा वडा अध्यक्षहरु वडा सचिवहरु , नगरपालिकाका कमर्चरीहरु,पत्रकार तथा आयोजक संस्थाका अध्यक्ष लगायत आम समुदायको उपस्थिती रहेको थियो । दर्ता शिविरको मुलनारा सहभागिवनौ र सफल वनाउ दर्ता शिविर भने नाराका साथकार्यक्रम सुरु भएको हो ।

दर्ता शिविरको मुख्य उदेश्यभनेको हरिपुर्वा नगरपालिकाभित्र जन्मदर्ता, विवाहदर्ता मृत्यु दर्ता सम्वन्धि विच्छेद तथा समाजिक सुरक्षाको लागिचाहिने कागजातहरु वनाउनवाँकी रहेका नागरिकहरुको पैक पर्ने स्थानमागई सेवादिनु हो । जस अनुरुप हरिपुर्वा नगरपालिकाभित्र ३६ स्थानमा दर्ता शिविर संचालनहुने योजना रहेको वताउछ संस्थाका सचिव अरविन्दकुमार चौधरी ।

दर्ता शिविर हरिपुर्वा नगरपालिकाको प्रत्येक वडामा ४ दिन संचालन हुनेछ । यसको अनुगमन पंजिकरण शाखाका कर्मचारी तथा नगरपालिका अन्य कमर्चरीहरुवाट नियमित रुपमा गरिरहेको छ । यस नगरपालिका भित्र २००० जनाले लाभलिने अनुमानगरिएको छ ।

Comments
Loading...