Warning: session_start(): open(/tmp/sess_948tiqer604ihf5mps8c22t1e0, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीको जिसस सरुवा – lokpriyaawaj

हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीको जिसस सरुवा

बिबेक कुमार यादब

फागुन २१ सर्लाही । हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्कीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले कार्कीलाई जिल्ला समन्वय समिति सर्लाहीमा सरुवा गरेको हो। कार्की गएको ३० असोजमा हरिपुर नगरपालिकामा हाजिर हुनुभएको थियोे।


कार्कीको सरुवा भएपछि हरिपुर नगरपालिकामा मन्त्रालयले सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोलाई १८ फागुनको निर्णय अनुसार काज सरुवा गरेर हरिपुर पठाएको हो। हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै बेलाबेलामा कार्यपालिका बैठकमा आलोचना हुने गरेको थियोे । हरिपुर नगरपालिकाले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा पुँजीगत खर्च १७ प्रतिशत र चालुतर्फ खर्च ४० प्रतिशत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कार्कीले पाँच महिनासम्मको अवधिमा भौतिकपूर्धार ,सामाजिक विकास तथा संस्थागत विकासका योजना राम्रोसँग संचालन गर्न नसकेपछि नागरिक स्तरबाट आलोचना हुदै आएको थियो ।केही दिनअघि मात्रै योजना संम्झौता विषयमा विवाद हुदा प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई स्थानीयले कार्यकक्षमै थुनेका थिए।

घटनाको ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत कार्कीले भोलिपल्ट नगरपालिकाको तर्फबाट विज्ञप्ति जारी गर्दै केही संचारमाध्य प्रति गम्भीर लाञ्छना लगाएका थिए। केहीवर्ष अघि सर्लाहीको कौडेना गाउँपालिका र चक्रघट्टा गाउपालिकामा पनि प्रमुख भएर बस्दा पनि विवादित भएर सरुवा हुनुभएको थियोे ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_948tiqer604ihf5mps8c22t1e0, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0