हरिपूर्वाको नगरप्रमुख सियाराम रायले राजिनामा सहित गाडी बुझाए

मुकेश झा बैशाख ०९ २०७९

निर्वाचन आचारसंहिता लागू भइसकेपछि स्थानिय चुनाव २०७९ बैशाख ३० को लागी नगर प्रमुख पदको लागी पुनः तयारी गरिरहनुभएको हरिपूर्वा नगरपालिकाको नगरप्रमुख सियाराम रायले आज आफु चढने गाडी सहित राजिनामा पत्र पेश गर्नु भएको छ ।
स्थानिय तह २०७४ निर्माण पछि हरिपूर्वा नगरपालिकाको पहिलो नगर प्रमुख पद मा नेपालि कांग्रशबाट उहाँ निर्वाचित हुनुभएको नगर प्रमुख सियाराम रायले आफनो कार्यकाल बिना बिवादित ५ बर्ष बिताएर आज प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल लाई गाडीको साचो बुझाउनु भएको छ । नगर प्रमुख सियाराम रायको साथै बिभिन्न वडाको वडाध्यक्षहरु,वडा सदस्य,कार्यपालिका सदस्य सहितको टोली ले राजिनामा पत्र बुझाएको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल ले बताउनु भयो ।

Comments
Loading...