हरिपूर्वा नगरपालिका २ को ज्येष्ट नागरिकलाई सम्मान तथा महिला स्वयं सेबिकालाइ साइकल वितरण

मुकेश झा २५ अषाढ २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका २ को सहयोगमा तथा सर्लाही सेवा समाज सर्लाहीको आयोजनामा वडा नम्बर २ को ७० बर्ष भन्दा माथि ७७ बर्ष सम्म का ७० जना ज्येष्ट नागरिकलाई १ थान कम्बल उपल्बध गराई सम्मान गरिएको छन् ।त्यस्तै त्यसै वडामा रहकाी ६ जना महिला स्वास्थ्य स्वयंसेविका लाई आज एक कार्यक्रमको बिचमा साइकल तथा पोशाक बितरण गरिएको  छ ।


हरिपूर्वा नगरपालिका २ को वडा कार्यालयमा वडाध्यक्ष पूरुषेतम यादबको अध्यक्षतामा समपन्न ज्येष्ठ नागरिक सम्मान तथा साइकल वितरण कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख सियाराम रायले गर्नुभएको थियो भने बिशिष्ट आतिथीको रुपमा नगरपालिकाको प्रशासकिय अधिकृत कुमार परियार,महिला तथा बाल बिकास प्रमुख धनमाया खडका पत्रकार मुकेश झा वडा सचिव भगबति भुजेल सहित को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो। अहिले हरिपूर्वा नगरपालिकाको ९ वटा वडाको ३ वटा स्वास्थ्यचौकीमा मा ६० जना महिला स्वयं सेविका कार्यरत रहेको छन । मलिाहरुको मनोवल उच्च बनाउने उद्देश्यले तथा काम गर्न सजिलो बनाउनको लागी प्रत्येक वडाले साइकल बितरणको बजेट छुटयाएको र बिस्तारै नगरपालिकाको अन्य वडाहरुले पनि साईकल वितरणको लागी तयारी गरिरहेको नगर प्रमुख सियाराम रायले बताउनुभएको छ ।
त्यस्तै हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई उपेक्ष्ति नागरिकको रुपमा लिई रहेको समयमा ज्येष्ठ नागरिकलाई सम्मान हुदां आफु पनि समाजको उच्च नागरिक छु भन्ने राम्रो सोच उत्पन्न हुने गरेको महिला वालबालिका तथा ज्येष्ठ नागरिक प्रमुख धनमाया खडकाले वताउनुभयो ।
कार्यक्रममा वडा सदस्य जाहिर असांरी,जयनारायन मंडल,चम्फा देवि,समुन्द्री देवि सहितको ज्येष्ट नागरिक तथा महिला स्वय। सेबिकाको उपस्थिती थियो ।

Comments
Loading...