हरिपूर्वा निबासी युवा नेता सुरेन्द्र यादवको सहयोगमा हरिपूर्वा नगरपालिकालाई स्वास्थ्य समाग्री हस्तनातरण

मुकेश झा २०७७-०३- ०३

सर्लाहीमा कोरोनाको संख्या दिन प्रतिदिन बढिरहेको समयमा हरिपूर्वा नगरपालिका पनि अहिेले सम्म २८ जना कारोना संक्रमित रहेको छन । यस्तो समयमा कारोना संक्रमणबाट हरिपूर्वा नगरपालिकालाई जोगाउन विभिन्न स्वास्थ्य समाग्री कमि रहेको समयमा जनता समाजवादी बिद्यार्थी युनियनको कोषाध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहनुभएको हरिपूर्वा ६ निबासी सुरेन्द्र यादवले बिभिन्न निकायको सहयोगमा स्वास्थ्य समाग्री आज एक कार्यक्रम बिच नगर प्रमुख सियाराम राय तथा स्वास्थ्य संयोजक रामएकवाल रायलाई हस्तनान्तरण गर्नुभएको छ ।


उपल्बध गराइएको स्वास्थ्य समाग्रीहरुमा भिटिएम १ सय ७८ वटा,पिपिइ सेट ७० थान, सेनिटाइजर २० लिटर, गमबुट ५ जोडी, सर्जिकल मास्क १ हजार ३ सय सहित केही अन्य समानहरु जेठ २० गते तथा आज गरि हस्तनान्तरण गरिएको छ । समाजसेवि तथा युवानेताको रुपमा परिचित रहनुभएको सुरेन्द्र यादवजी लाई नगर प्रमुख सियाराम राय तथा वडा नम्बर ६ को वडाध्यक्ष दिनेश यादवले धन्यवाद ज्ञापन गरिदै अगामी दिनमा पनि यस्तै  नगरपालिकाकाे बिकासमा सहयोग को अपेक्षा राखनुभएकाे  छ ।

Comments
Loading...