Warning: session_start(): open(/tmp/sess_rredkahs5oe43ttppuhpmt5q63, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो – lokpriyaawaj

हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

लोकप्रिय समाचारदाता

असोज ११ सर्लाही । पुर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा आज दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२ वर्षीय दीपक अधिकारीको मृत्यु भएको हो । बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्वरको मोटरसाइकलमा सवार अधिकारीलाई आज दिउँसो ३ बजेतिर हरिवनबाट नवलपुरतर्फ आइरहेको प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । अधिकारीको घटनास्थलमै मृत्यु भएको प्र्रत्यक्षदर्शीले बताएका छन् । उहाँ सवार मोटरसाइकल क्षतिग्रस्त छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ । मृतकको परिवारसँग समन्वय गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो । घटनास्थलको अवस्था सामान्य रहेको र राजमार्ग सूचारु रहेको हरिवन प्रहरीले जनाएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_rredkahs5oe43ttppuhpmt5q63, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0