Warning: session_start(): open(/tmp/sess_d6p6mftns1id35euo5t3092u35, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
२० स्वास्थ्य केन्द्रमा पोषण कर्नर स्थापना र सरसफाई व्यवस्थापनका लागि ९ स्थानीय तहमा सामग्री बितरण – lokpriyaawaj

२० स्वास्थ्य केन्द्रमा पोषण कर्नर स्थापना र सरसफाई व्यवस्थापनका लागि ९ स्थानीय तहमा सामग्री बितरण

चन्दन कुमार मिश्रा

चैत्र २ सर्लाही । आड्रा नेपालको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित HSS-MNCH/N /WISH परियोजना अन्तर्गत महोत्तरी र सर्लाहीको २० स्वास्थ्य केन्द्रमा पोषण कर्नर स्थापनाका लागि सामग्री बितरण गरिको छ।

यो परियोजना मातृ, नवजात शिशु, तथा बालबालिकाको स्वास्थ्य र पोषणलाई केन्द्रित गरिएको छ । स्यानीय पालिका संग सहकार्य र समन्वय गरि स्वास्थ्य संस्थाहरुको सेवामा पहुच र गुणस्तर बढाउनका लागि आवश्यक तालिम, उपकरण, सामाग्री र प्राविधिक सहयोगहरु प्रदान गर्दै आईरहेको छ ।


बागमती सेवा समाज नेपालले पोषण कर्नर स्थापनाको लागि महोत्तरी र सर्लाही जिल्लाका ९ स्थानीय तहका २० स्वास्थ्य केन्द्रहरुमा मागका आधारमा सर्भेक्षण गरि पोषण कर्नर स्थापनाको लागि अफिस टेबल(१३ थान, अफिस कुर्सी, १३ थान) र स्वास्थ्य संस्थाको स्वास्थ्य जन्य फोहोर व्यवस्थापन र सक्रमण नियन्त्रणका लागि डस्बिन–६० थान, बायो हजार्ड बकस–१ हजार थान, मास्क–१० हजार थान, ग्लोब्स–२० हजार थान सामग्री आवश्यकताका आधारमा बितरण गरिएको जानकारी बागमती सेवा समाज नेपालका कार्यबाहक कार्यकारी निर्देशक सुनिल कुमार साहले जानकारी दिनु भयो । सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीका अनुसार यस सहयोगी संस्थाहरुले गरिरहेको सहयोग प्रति आभार व्यक्त गरे र यस सहयोगले मातृ, नवजात र बालबालिकाहरु को नियमित जाचँ, वृद्धि अनुगमण, सक्रमण नियन्त्रण, पोषणको अवस्था सुधार, मातृ तथा बालबालिकाको मृत्युदर घटाउने र समुदायलाई स्वास्थ्य रहने मदत पुरयाउने छ भने जानकारी दिनुभयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_d6p6mftns1id35euo5t3092u35, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0