५ दिने तरकारी खेती तालिम सप्पन्न

मुकेश झा

असार ०७ हरिपुर्वा ।सर्लाहीको हरिपुर्वा नगरपालिकाको महिला कृषि समुहको सहभागीहरुलाइ तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
समाज कल्याण युवा केन्द्रको आयोजना तथा हरिपुर्वा नगरपालिकाको सहयोगमा तरकारी खेती तालिम सम्पन्न भएको संस्थाको कार्यक्रम संयोजक गुण्जा साहले जानकारी दिनुभएको छ ।
तरकारी खेती तालिममा हरिपुर्वा नगर भित्रका २४ जना महिला किसानको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकको रुपमा इश्वरपुर नपाको कृषि शाखा प्रमुख चिरञ्जीवी महतोले प्रशिक्षण गर्नुभएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहले गर्नुभएको छ । कार्यक्रममा वडाध्यक्ष श्यामबाबु यादब,बिजय भूषण प्रसाद साहको उपस्थिति रहेको थियो ।

Comments
Loading...