प्रमुख जिल्ला अधिकारीद्वारा वृद्धवृदालाई न्यानो सिरक वितरण

लोकप्रिय समाचारदाता

फागुन १ गते लालबन्दी । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवद्वारा लालबन्दी –१ मा रहेको पद्यम भुवनेश्वरी नमूना वृद आश्रमका वृद्धवृदाहरुलाई ३५ सेट न्यानो सिरक प्रदान गरिएको छ । हरिवनमा रहेको मानव सेवा आश्रम र द्वन्द्व पीडित बालगृहमा रहेका बालबालिकाहरुलाई पनि ३५ सेट वितरण गरिएको छ । उक्त न्यानो सिरकको लागि प्रमुख जिल्ला अधिकारी यादवले पहल गर्नु भएको थियो भने विदेशमा रहेका नेपालीहरुसँग न्यानो सिरकको लागि समन्वय बागमती सेवा समाजका प्रमेश बादेले गरेका थिए र अन्य प्राविधिक समन्वयका लागि बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की र गजेन्द्र साहले गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी यादव भन्नु हुन्छ, “हामी केही दिन अघि यस आश्रममा आउदा वृद्धवृद्धा आमाबुवाहरुलाई सहयोग गर्ने केही सम्भावना थियो । आज न्यानो सिरक सहयोग गरिएको छ । र यस्तो सहयोग पु्याउने हुने विदेशमा रहेका नेपाली दाजुभाइ र जसको समन्वय बागमती सेवा समाजका प्रमेश बादे, अध्यक्ष भरत कुमार कार्की लगायत टिमले गर्नु भएको छ उहाँहरुलाई धन्यवाद दिन चाहन्छु र वृद्ध आमाबुवाबाट आर्शिवाद पाईरहौं ।”

अमेरिकामा रहेको दिपक पर्साइँ, स्वेडेनमा रहेको दिपराज थापा, अशोक बहादुुर खड्का, बिष्णुप्रसाद श्रेष्ठ, कृष्ण के.सी. गङ्गा घिमिरे, दिप शर्मा, सुवास अधिकारी, माधव तिमिल्सिना र नाम नखुलेका व्यक्तिबाट जम्मा ८० हजार रकमबाट ७० सेट न्यानो सिरक र ३ बोरा चामल प्रदान गरिएको सहयोग समन्वयकर्ता प्रमेश बादेले जानकारी गराउनु भयो ।

यो जाडोको बेला वृद्धवृद्धा आमाबुवाहरुलाई न्यानो सिरक कसैले दियोस् जस्तो मनमा लागिरहेको थियो तर कसैलाई भनेको थिएन तर आज प्रमेश बादे र प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यूको पहलमा यस वृद्ध आश्रममा रहेको आमा बुबाले न्यानो सिरक पाएकोले धेरै खुशी छु र विदेशमा रहेका सहयोगी मनहरुलाई धेरै धन्यवाद दिन चाहेको पद्यम भुवनेश्वरी नमूना वृद आश्रमका सञ्चालक भवानी कोईरालाले बताउनु भयो ।

Comments
Loading...