Warning: session_start(): open(/tmp/sess_il7gj3s3pvntntjl6l1aulj8p6, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपुर्वा नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न – lokpriyaawaj

हरिपुर्वा नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न

सुशील महतो

सर्लाही, हरिपुर्वा ।  वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र राष्ट्रिय रोजगारी प्रवर्द्धन केन्द्र (RRPK)को संयुक्त साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिका वडा नं. ७ र ८ मा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

हरिपुर्वा नगरपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रम वडा नं. ७ का अध्यक्ष श्री उमेश यादव तथा वडा नं. ८ का अध्यक्ष श्री रमेश्वर राय यादव ज्यूको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा बालबालिका, महिलाहरू, स्थानीय समुदायका सदस्यहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस कार्यक्रमको उद्देश्य हरियाली संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नु तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नु रहेको छ।
परियोजनाका फिल्ड अधिकृत श्री रामसुषिल महतोका अनुसार कार्यक्रममार्फत सहभागी RRPK टिम, BWSN का कर्मचारीहरू, UPG सदस्यहरू, RC बालबालिका तथा स्थानीय समुदायका सदस्यहरूले संयुक्त रूपमा विभिन्न प्रजातिका १५० वटा बिरुवाहरू रोपेका थिए। (बाकैन, निम, सर्पगन्धा, सुरिलो अशोक , अम्बा..)

कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्दै स्थानीय समुदायलाई दीगो विकासतर्फ उन्मुख गराउने अपेक्षा लिएको छ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_il7gj3s3pvntntjl6l1aulj8p6, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0