आदिवासी जनजाती युवा महासंघ द्वारा स्वास्थ्य सामाग्री बितरण

लोकप्रिय अवाज समाचारदाता

कात्तिक ११ गते । आदिबासी जनजाती युवा महासंघ नेपालले सर्लाहीको हरिवन नगरपालिका २ मा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
आदिबासी जनजाती महासंघ प्रदेश २ सचिव संजिव मोक्तानको पहलमा स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो । बितरण गरिएको सामानहरुमा मास्क ३० पोका, थर्मलगन ६ थान, अक्सीमिटर ६ थान, थर्मामिटर ६ थान, पि.पि.इ.सेट ६ थान, साइनेक्स, भिटामिन सी, पारासिटामोल, जीवनजल, जिन्क र सेनिटाइजर सहितका स्वास्थ्य सामग्री बितरण गरिएको समाजसेवी मनिष मोक्तानले जानकारी दिएका छन् ।
सचिव मोक्तानले वडा नं. २ का वडाध्यक्ष अर्जुन महतोको रोहबरमा स्वास्थ्य चौकी प्रमुख मोहन बहादुर घिसिङलाई सामग्री हस्तान्तरण गरेका थिए ।
सचिव मोक्तानले बिगतदेखि नै शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

Comments
Loading...