Warning: session_start(): open(/tmp/sess_5njd9ppvh9sg11hkt8d6cgumm5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा निर्वाचन कार्यालय द्वारा निर्वाचन अचार सहिंता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न कुन पार्टीको मनोयन कुन दिन समय तालिका बनाइयो – lokpriyaawaj

हरिपूर्वा निर्वाचन कार्यालय द्वारा निर्वाचन अचार सहिंता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न कुन पार्टीको मनोयन कुन दिन समय तालिका बनाइयो

लोकप्रिय अबाज समाचारदाता

स्थानिय तह निर्वाचन २०७९ शुरुवात भए संगै सर्लाही सहित देश भरिमा दलहरु उमेदवार छान्न तथा प्रचार प्रसारमा जुटिसकेको ले चुनाव म¥यादित तथा व्यवस्थित सफल बनाउन निर्वाचन कार्यालय पनि हरेक पालिकामा कार्यालय स्थाप्ना गरि राजनितिक कर्मी तथा संचारकर्मी हरु संग निर्वाचन अचार सहिंता सम्बन्धि कार्यहरु शुरुवात गरिसकेको छन ।
यसै क्रममा सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित रहेको निर्वाचन कार्यालयले हरिपूर्वा नगरपालिकाको बिभिन्न राजनितिकर्मी तथा पत्रकार संग अचार सहिंता सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छन ।


निर्वाचन कार्यालयको प्रमुख शंकर राज लुइटेलको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा सहायक निर्वाचन अधिकृत सकलदेव रायले निर्वाचन अचार सहिंता सम्बन्धि एन कानुन राजनितिकर्मीलाई जानकारी गराउनुभएको छ । त्यस्तै कार्यक्रममा बैशाख ११ गते र १२ गते मा कुन पार्टी ले कुन दिन र समयमा आफ्नो मनोयन दर्ता गराउन सकिन्छ सहितको समयतालिका प्रकाशित गरिएको छन ।
११ र १२ गते पार्टिको मनोयन दर्ता समय तालिका
११ गते १०ः०० बजे देखी १२ः०० बजे सम्म जनमत पार्टी
११ गते १२ः०० बजे देखि १ः०० बजे सम्म नेकपा समाजबादी
११ गते १ः३० बजे देखि ३ः०० बजे सम्म नेपाली कांग्रेस
११ गते ३ः०० बजे देखी ४ः३० बजे सम्म नेकपा माओबादी
११ गते ४ः३० बजे देखी ५ः०० बजे सम्म छुट भएको त्यस्तै
१२ गते १०ः०० बजे देखि १२ः०० बजे सम्म नेकपा एमाले
१२ गते १२ः०० बजे देखि १ः३० बजे सम्म जसपा नेपाल
१२ गते १ः३० बजे देखी ३ः०० बजे सम्म लोसपा नेपाल१२ गते ३ः०० बजे देखी ४ः३० बजे सम्म स्वतन्त्र ले उमेदवारी दर्ता गराउन पाउने प्रमुख निर्वाचन अधिकृत शंकर राज लुइटेल ले जानकारी गराउनु भयो ।


कार्यक्रममा सग्राम्पुर शस्त्र बेश क्याम्पको प्रमुख गंगाराम कार्कीले सुरक्षा सम्बन्धी जानकारी समेत गराउनु भएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_5njd9ppvh9sg11hkt8d6cgumm5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0