Warning: session_start(): open(/tmp/sess_srs8v26q5ftgn595c0fbg7i5c1, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा नगरपालिकाले ल्यायो ५७ करोड १९ लाखको बजेट कुन शिर्षकमा कति बजेट पूर्णपाठ – lokpriyaawaj

हरिपूर्वा नगरपालिकाले ल्यायो ५७ करोड १९ लाखको बजेट कुन शिर्षकमा कति बजेट पूर्णपाठ

लोकप्रिय अवाज समाचारदाता

हरिपूर्वा – जिल्लाको हरिपूर्वा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार नगरपालिकाको दशौ नगरसभामा नगरप्रमुखमा बिनोद कुमार साहले ५७ करोड १९ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा सशर्ततर्फ १६ करोड ८१ लाख रुपैयाँ र निशर्ततर्फ ४० करोड ३८ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रहेको छ । निशर्त प्रकृतिका बजेटबाट नगर चालू कार्यक्रम खर्च, भुक्तानी बाँकी कार्यक्रमहरु, विषयगत क्षेत्रका कार्यक्रमहरु र क्रमागत तर्फको कार्यक्रममा आवश्यक रकम विनियोजन गरी बाँकी बजेटबाट नगर र वडा स्तरीय बजेट निर्माण गरिने उल्लेख गरिएको छ ।
कुन शिर्षकमा कति बजेट पूर्णपाठ


वित्तिय समान्यिकरण १२५१०००००।–
चालु प्रशासन खर्च – ७४००००००।–
समाजिक सुरक्षा –१४०००००००।–
केन्द्रिय सर्शत अनुदान तराइ मधेश समृद्धी तथा प्रधानमन्त्री रोजगार –१६८१०००००।–
केन्द्रिय बिशेष अनुदान– २०००००००।–
प्रदेश शर्सत अनुदान –८००००००।–
प्रदेश समानिकरण अनुदान – ८०२८०००।–
प्रदेश राजस्व वाडफाड – ३७०००००।–
प्रदेश बिशेष अनुदान –३००००००।–
प्रदेश को समपूरक – २००००००।–
आन्तरिक आम्दनी बाट हुने कार्यक्रम तथा चालू –२०००००००।–
कार्यक्रमको बिशिष्ट आतिथीको रुपमा पुर्व नगर प्रमुख सियाराम राय रहनु भएको थियो त्यस्तै जिल्ला समन्वय समिती सदस्य रामशिला यादव, समाजसेवी दुखा राय,प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल, सहित निर्वाचित जनप्रतिनिधी हरु,बिभिन्न शाखाको प्रमुखहरु,पत्रकार सहितको उपस्तिी थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_srs8v26q5ftgn595c0fbg7i5c1, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0