पाचँ बर्षमा लाग्ने गढीमाई मेलाकाे आज बिधिबत रूपमा उदघाटन भएकाे छ । सर्लाहीकाे कबिलासि नगरपालिका ६ जमुनिया स्थित रहेकाे गढीमाईकाे उदघाटन मधेश प्रदेशका अर्थ मन्त्रि सुनिल यादवले गर्नुभएको छ । मेलाकाे उदघाटन गर्दै वहाँले गढीमाई हिन्दुहरूकाे आस्था र मधेशकाे सांस्कृतिक पहिचान रहेकाेले यसकाे संरक्षण र सम्बर्द्धन गर्न मधेश प्रदेश सरकार पछि नपर्ने बताउनु भयाे ।
सर्लाही निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य हरी उप्रेतिले गढीमाईमाथि जनजनकाे बिश्वास दिन प्रति दिन बढदै गईरकेकाेले यसलाई अझ ब्यबस्थित बनाउदै सभ्य र भव्यरूपमा बनाउनु पर्ने बताउनु भयाे ।
मेला उदघाटन कार्यक्रममा कबिलासि नगरपालिकाका प्रमुख ब्रहमदेव यादव तथा उपनध्यक्ष पुनम कर्णले अथितिहरूलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे भने कार्यक्रममा बिभन्न राजनिति दलका नेताहरूले आआफना मन्तव्य राखेका छन ।