किशोर किशोरी को लागि ३ दिने मनोसामाजिक परामर्श तालीम सप्पन्न

सुबोध कुमार महतो

सर्लाही । सर्लाहीको हरीपुर्वा र पर्सा पालिकामा किशोर किशोरी को लागि ३ दिने मनोसामाजिक परामर्श स्याहार तथा सहयोग पुन पुर्ण तागजी तालिम सम्पन्न भएको छ।

World vision international Nepal (WVI Nepal) को सहयोगमा बागमती सेवा सामज नेपाल द्वारा संचालित हरिपुर्वा र पर्सा पालिका को बाल स्पोन्सरशिप परियोजना अन्तर्गत हरिपूर्वा र पर्सा का 24 जना किशोर किशोरी लाइ सहभागी गराएका थियो।

उक्त कार्यक्रम वरिष्ट मनोविज्ञान परामर्श सल्लाहकार (MCP), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर को विनोध पौडेल द्वारा दिइएको थियो।

यो तालिम बाट किशोर किशोरी हरु मा बढ्दो गएको तनाव, डिप्रेसन,आत्म हत्या जस्ता समस्या मा सुधार आउने हरीपुर्वा नगर का स्वास्थ्य प्रमुख राम एकबाल ज्यू ले दाबी गर्नु भएको छ।


विगतमा कार्यक्रम मा सहभागी किशोर किशोरीहरु द्वारा २ वटा आत्म हत्या रोक्न सफल भएको सुनिल महराले जनाउनु भएको छ।

Comments
Loading...