असार २८ सर्लाही । डिभिजन वन कार्यालय सर्लाहीले आज जिल्लाका संचारकर्मीलाई वन क्षेत्रको निरीक्षण गराएको छ ।
 कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका योजना तथा नियमित रुपमा गरिरहेका कामसहित पत्रकारलाई वन क्षेत्रमा उत्पादन गरिएको विरुवा र वृक्षरोपण क्षेत्रको अनुगमन गराएको हो ।

 डिभिजन वन प्रमुख सन्तोषकुमार झाले चालू आर्थिक वर्षमा बागमतीमा निर्माणधीन माछा पोखरी (भरत ताल) वन अतिक्रमण गरेर बनाइएको विषयमा अघि बढिरहेको वन मुद्दा, विभिन्न क्षेत्रमा वन अतिक्रमण हटाउन चालिएको अभियान, काठ तस्करी रोक्न भइरहेको काम, लखन्देही लखाधार आयोजनामा भइरहेको कामको प्रगतिलगायतबारे जिल्लाका संचारकर्मीलाई अवगत गराउनुभएको छ । अनुगमनमा डिभिजन वन प्रमुख झासहित वन अधिकृत तथा अन्य कर्मचारी र जिल्लाका संचारकर्मीको उपस्थिति रहेको थियो ।