हरिपुर्वामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

मुकेश झा

हरिपुर्वा, ०२ असोज – बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–५, मा आज साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँका ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो । साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

वृद्धलाई ठक्कर दिने मोटरसाइकल र चालक पर्सा गाउँपालिका–५, का २४ वर्षीय श्रवणकुमार साहलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

Comments
Loading...