क्वाइन्टाइनमा बसेको २५ दिन भइसक्दा पनि छोडन सकिएन मजदुरहरु लाई,१ सय जनाको स्वाव संकलन गरिएको हप्ता बितिसक्दा पनि रिर्पोट आएन

रबिन्द्र ठाकुर ,२०७७ जेठ २५ आइतबार

हरिपूर्वा । पिसिआर रिर्पोट आउन ढिलो भएको कारण सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको विभिन्न क्वाइन्टाइनमा रहेको मजदूरहरु बाहिर घुम्न थालेको छ ।
चैत्र ११ गते देखि लकडाउन भएपछि भारतको बिभिन्न प्रान्त बाट आएको नेपालिहरुलाई जिल्लाको विभिन्न स्थानहरुमा क्वाइन्टाइन बनाई उनिहरुलाई व्यबस्थापन गरि कारोना जाचँको लागी स्वाव संकलन गरि प्रादेशिक अस्पताल र टेकू स्थित कारोना अस्पतालमा पठाउने गरेको भएपनि पछिल्लो दिनहरुमा सर्लाहीको पिसिआर रिर्पोट आउन ढिलाइ भइरहेको छन ।
सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित रहेको ३ वटा कोरेन्टाइनबाट वितेको शनिबार नै १ सय जनाको स्वाव संकलन गरेर पठाइए पनि आज सम्म रिर्पोट नआउदा क्वाइन्टाइनमा बसेको नागरिकहरु बाहिर घुम्न थालेको धनकौल ३ का सुनिल कुमारले वताए । धनकौल स्थित रहेको कारेन्टाइनमा बसेकाहरु साझँ हुने वितिकै महादेब मन्दिर तिर हिडडूल गर्न थालेको उहाँले वताए ।
त्यस्तै हरिपूर्वा नगरपालिकाको बिधुत प्राधिकरणमा रहेको क्वाइन्टाइनमा बसेका अधिकाशं नागरिकहरुको २० दिन भन्दा बढि भइसक्दा पनि रिर्पोटको र्पखाइमा त्यसैमा बस्न बाध्य रहेको क्वाइन्टाइनमै बस्ने एक जनाको बुवा फेकन साहले बताए ।

हरिपूर्वा नगरपालिकाको ६ वटा क्वाइन्टाइनमा रहेको मध्ये अहिले सम्म ३ सय ८१ जनाको स्वाव संकलन गरि टेकु स्थित रहेको राष्ट्रिय जनस्वास्थ प्रयोशालामा पठाइसकेको र रिर्पोटको र्पखाइमा रहेको स्वास्थ्य संयोजक रामएकवाल रायले वताउनुभयो । रायको अनुसार १ सय जनाको रिर्पोट आज वा भोलिसम्म आइसक्ने र निगेटिभ आएको हरुलाइ घर पठाइने छ ।
स्थानिय सरकारको लापरवाहीका कारण क्वाइन्टाइनमा स्वाब संकलन गरेको हप्तौ बित्न लाग्दा पिसिआर रिर्पोट नआएको तथा क्वाइन्टाइनमा कोरोना भाईरसको सक्रमण बढन सक्न सक्ने भन्दै क्वाइन्टाइनमा रहेको केही युवाहरु बिरोध गर्न थालेको छ ।

देशमा कोरोना भाईरसको सक्रमितहरुको संख्या तिब्र गतिमा बढन थालेको तथा नेपालमा पिसिआर टेस्टका लागि अत्याधुनिक प्रयोशालाको अभावका कारण राष्ट्रिय जनस्वास्थ प्रयोशाला टेकुमा स्वाब संकलनको नमुनाको चाप बढेको कारण रिर्पोट आउनमा ढिलो भएको नगरप्रमुख सियाराम रायले वताउनुभयो ।
पिसिआर रिर्पोट आउनमा ढिलो भएको भन्दै हरिपूर्वा नगरपालिकाका स्थानिय नागरिकहरु समेत गुनासो गरेका छन। स्वाब संकलन भएको एक हप्ता भन्दा बढी हुन लाग्दा पालिकामा त्रासको महौल सृजना हुन थालेको स्थानियवासी विजय प्रसाद साहले बताए ।

पिसिआर रिर्पोट आउनमा ढिलो भएको मुख्य कारण स्वाव संकलन गरि प्रादेशिक अस्पताल पठाइएको र त्यसको रिर्र्पोट लाई पुनः राष्ट्रिय जनस्वास्थ प्रयोशाला, टेकुमा जाचँको लागी पठाइएको ले यस्तो समस्या आएको तर आजै मेयर सियाराम रायले छिटो भन्दा छिटो रिर्पोट पठाउन सम्बनिधत निकायसंग माग गरेको छ।

80%
Awesome
  • Design
Comments
Loading...