आजदेखी सर्लाहीमा निषेधाज्ञा जारी, ग्रामिण भेगमा असर परेन

मुकेश झा २१ साउन २०७७

सर्लाही । कोरोना संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सर्लाहीमा पनि बुधबारदेखि निषेधाज्ञा भएको छन । निषेधाज्ञा को प्रभाव सदरमुकाम तथा शहरी क्षेत्रमा देखिए पनि ग्रामिण क्षेत्रमा खासै प्रभाव देखिएको छैन । निषेधाज्ञाको उल्लघंन सबैभन्दा बढि ग्रामिण क्षेत्रमा रहेको बैकंहरुमा भइरहेको छन । बिना मास्क कै समाजिक दुरि कायम नगरि बैकंहरुमा पुनः बन्द हुने डर त्रासले भिड बढेको छन ।


सदरमुकाम मलगंवा देखि पुर्व रहेको हरिपूर्वा नगरपालिका,पर्सा गाउपालिका,ब्रहमपुरी गाउपालिका लगाएत को गाउ घर टोलमा बिहान देखि बिना पासको मोटरसाइकल तथा विना मास्क कै आबत जाबत तथा पसल खुल्ला रहेको छन ।

यस बारेमा नगर प्रमुख सियाराम रायको अनुसार बिहान देखि हरिपूर्वामा निेषेधाज्ञा सम्बन्धी जनचेतना मुलक सदेंश र प्रत्येक वडा कार्यालयलाई पुर्णरुपमा अति आवश्यक काम बाहेकको काम बाहेक बन्द गराउनुपर्ने पत्र पठाइसकेको र बिस्तारै निषेधज्ञा प्रभावित हुने बताउनुभएको छ ।

सिमा क्षेत्रमा मुख्य नाकाहरुमा कडाइ भएपनि चोर वाटोहरु बाट मानिस ओहर दोहर गरि नै रहेको छन । सर्लाहीको भारत नेपाल सिमा अन्र्तगतको नारायणपूर नाका,पर्सा नाका तथा सखुअबाको इन्रबा नाका हरुबाट खद्यान समाग्री तथा रसायनिक मलको ढुवानी भइनै रहेको स्थानिय व्यपारीहरु ले बताएको छन ।

प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समयमा जिल्लामा समेत बुधबार विहान ६ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागुहुनेगरि निषेधाज्ञा जारी गरिएको प्रजिअ पौडेलले बताउनु भयो । यस निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ ।

यस अवधिमा अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दुध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । अहिले सम्म प्रदेश २ को ८ वटा जिल्ला मध्ये ४ वटा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने अन्य जिल्लाको केहि भागहरुमा निषेधाज्ञा लगाइएको छ ।अहिले सम्म बारा, पर्सा र सप्तरीमा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो भने बुधबारदेखि सर्लाहीमा समेत निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

Comments
Loading...