सर्लाही हरिपूर्वा नगरपालिकाको निमित प्रशासकिय अधिकृत कारोना बाट संक्रमित

लोकप्रिय समाचारदाता ३२ साउन २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत सकलदेब राय कोरोना पोजेटिभ हुनुभएको छ । केही दिन अघि हरिपूर्वा नगरपालिका ३ को वडाध्यक्ष धर्मराज सिहं माथि अज्ञात समुहद्धारा भएको कुटपिटमा सोध पुछको लागी जिल्ला प्रहरी लगिएपछि निमित प्रमुख प्रशासकिय अधिकृत सकलदेब रायलाई थप अनुसंधानको लागी म्याद थप गरि प्रहरि हिरासतमा राखिएकै बेला साउन २६ गते कारोना टेस्ट भएको ५ दिन पछि आएको रिर्पोटमा राय कोरोना संक्रमण पोजेटिभ भएको स्वास्थ्यकर्मी लालबाबु रायले बताएको छन ।
शुक्रबार कारोना पोजेटिभ भएपछि रायलाई मलंगवा स्थित रहेको आइसोलेसनमा राखिएको थियो । शनिवार अचानक स्वास्थ्य अबस्था बिग्रपछि थप उपचारको लागी प्रदेशिक अस्पताल पठाइएको र राय को स्वास्थ्य अबस्था अहिले समान्य रहेको नगर प्रमुख सियाराम रायले बताएको छन ।

Comments
Loading...