महोत्तरीमा एक महिला उपर वोक्सीको आरोपमा कुटपिट

लोकप्रिय समाचारदाता ६ भदौ २०७७ महोत्तरी

महोत्तरीको सम्सीमा एक महिला उपर वोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको छ ।
गएराति सम्सी गाँउपालिका ७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादवलाई वोक्सी आरोप लगाउदै कुटपिटमा संलग्न रहेको कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान बिना नै हिरासतबाट मुक्त गरिदिएका छन् ।
समाचार संकलनको क्रममा त्यहाँ पुगेका पत्रकारलाई प्रहरी कै सामुन्ने दिनेश यादवले दवाव सिर्जना गरेका थिए ।
यता प्रहरीले कुष्णलाई समातेको दावी गरेतापनि शिरीष न्युजको टोली त्यहाँ पुग्दा कुष्ण प्रहरी चौकीमा थिएन । उनलाई रातिमा नै प्रहरीले छाडेको बुझिएको छ।
थुनामा रहेको भनिएको कृष्णलाई छोडाउनको लागी उसको बुवाले प्रहरीलाई राजनितीक दवाद समेत दिएको खुलासा भएको छ ।
एउटा सामान्य झगडा हुदैमा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नावालिकालाई सुरुवाल खोल्नु , कहाँको दादागिरी हो भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन् ।
गएराति स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले कुटपिट गरेपछि पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।
घाईते यादवलाई जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पिडितको छोरा संजय यादवले जानकारी दिए । संजयले भने, ‘शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।
त्यस पश्चात पुनस् तिनिहरु घरमा राती ११ -१२ बजे तिर आएर पवन देवीको घरमा पसी गाली गलैज गर्दै पवन देवी , निजको छोरी रुवी यादव, र संजय यादवलाई पनि कुटपिट गरे ।
कुटपिट गर्ने क्रममा पवन देवीको छोरीले लगाएको सुरुवाल पनि उनीहरुले फुकालि दिएको पिडितकी छोरी रुवी यादवले बताइन् । सुरुवाल खोल्ने वितिकै रुवीले चिच्याएपछि स्थानीयहरु आएर रुवीलाई बचाएको थियो । त्यहाँ झगडा हेर्नेको भीड भएपनि उनीहरु बिचको झगडा छोडाउने मान्छे कमै थियो ।
अहिले कुटपिटबाट घाइते पवन देवी उपचारार्थ जनकपुर स्थित जानकी हेल्थ केयरमा भर्ना छिन् ।
पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।
पिडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले बताएका छन ।

Comments
Loading...