अपागं परिचयपत्र प्रदान गर्न हरिपूर्वा नगरपालिकामा तिनदिने शिबिर संचालन

मुकेश झा २०७७ – असोज – १५


सर्लाहीको हरिपूर्वा नगरपालिकामा आजदेखि नगरभरिको अपागंहरुलाई लक्षित गरि तिनदिने परिचय पत्र बितरण शिबिरको उद्धाटन नगरप्रमुख सियाराम रायले गर्नुभएको छ । नगरपालिका निर्माण हुनु भन्दा अगाडी महिला बिकास कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले शारीरिक बनाबट को अधारमा बर्गीकरण गरि अपागं कार्ड उपल्बध गराई सेबा सुबिधा उपल्बध गराइने भएपनि केही महिना देखि अपागंकार्ड बितरण हुन नसक्दा हरिपूर्वा नगरपालिकाको अधिकाशं अपागंहरु सेबाग्राही बाट बन्चीत भएको बेला अपागंहरुलाई लक्षित गरि शिबिर संचालन गरिएको महिला तथा बाल बिकास हरिपूर्वाको अधिकृत धनमाया खडकाले बताउनुभएको छिन ।

शारिरिक बनाबटको अधारमा अपागंलाई बर्ग रिधारण गर्न समिती गठन गरिएको र सो समितीले नगरपालिका को नाउमा सिफारीस गरिएको अधारमा शिबिर समापत भएपछि कार्ड उपल्बध गराइने तथा सोहि कार्डको अधारमा सेबासुबिधा प्रदान गरिने नगरप्रमुख सियाराम रायले बताउनुभएको छ ।

कार्यक्रममा उप प्रमुख चनद्रकाला देबि सुडी,प्रशासकिय अधिकृत कुमार परियार,वडाध्यक्षहरु,श्यामबाबू राय,पुरुषोतम राय, समाजसेबि रामसोगारथ राय,सहितको उपस्थिती रहेको थियो । शिबिर हरिपूर्वा नगरपालिका स्थित रहेको केश्वर गरिब जनता माबि मा संचालन गरिएको र शनिबार सम्म संचालन रहने नगर अपांग समितीको अध्यक्ष महिन्द्र यादबले बताउनुभयो ।

Comments
Loading...