हरिपूर्वामा ज्येष्ठ ५ गते बुधबार थ्रोट स्वाब संकलन हुने

मुकेश झा ४ ज्येष्ठ २०७८

हरिपूर्वा – हरिपूर्वा नगरपालिका कार्यालयले कोरोना भाईरस परीक्षणका लागि ज्येष्ठ ५ गते बुधबार थ्रोट स्वाब संकलन गर्ने भएको छ ।

नयाँ ‘भेरियन्ट’ सहितको कोरोना भाईरसको दोस्रो चरण अन्तर्गत लकडाउन सूरु भएयता बुधबार हरिपूर्वा नगरपालिकाले पहिलो पटक स्वाब संकलन गर्ने भएको हो । हरिपूर्वा नगरपालिकाले संचालन गर्ने स्वाब संकलन हरिपूर्वा नपा ५ स्थित आर्युवेद स्वास्थ्य चौकि मा बिहान १० बजे देखि ५ बजे सम्म संचालन गरेर थ्रोट स्वाब संकलन भएको नमुनालाई परीक्षणका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पठाईने हरिपूर्वा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामएकबाल रायले जानकारी दिए । ।
पहिलो पटक बुधबार हुन गइरहेको थ्रोट स्वाब संकलनमा हरिपूर्वा नगरपालिका भित्र रहेको स्थानिय जनता, सरकारी कर्मचारि,बैकंर, तथा विभिन्न निकायमा काम गर्ने ब्यक्ति जो बिगत केहि दिन देखि उच्च ज्वरो,रुघा खोकि,नाक बाट लगातार पानी खस्ने समस्याबाट ग्रसित र ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका र शंकाष्पदलाइ पहिले प्राथमिक्ता दिने हरिपूर्वा नगरपालिका को प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल ले जानकारी गराउनुभएको छ ।
‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका र शंकाष्पद व्यक्तिले थ्रोट स्वाब संकलनमा सहभागि हुन मगंलबार ५ वजे सम्म हरिपूर्वा नपा को स्वास्थ्य शाखामा आवेदन दिनुपर्ने लाइ प्राथमिक्ता दिने नगरप्रमुख सियाराम रायले बताउनुभयो ।

Comments
Loading...