Warning: session_start(): open(/tmp/sess_nghpr1i00vbhks7lmsc1h9m6m6, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
तस्करी भइरहेको सालको गोलिया ट्रयाक्टर सहित मलंगवा बाट पक्राउ – lokpriyaawaj

तस्करी भइरहेको सालको गोलिया ट्रयाक्टर सहित मलंगवा बाट पक्राउ

लोकप्रिय समाचारदाता २०७८–०४–२० गते बुधबार

सर्लाहीको फुलजोरबाबा साझेदारी वन उपभोक्ता समितीले घरायसी प्रयोजनको लागी बिक्री गरेको सालको गालिया तस्करी हुदै गरेको अबस्थामा ब्रह्मपूरी गाउपालिका र मलंगवा नगरपालिका को बिचबाट प्रहरीले २ वटा ट्रयाक्टर सहित बरामद गरेको छ ।
प्रत्येक बर्ष सर्लाहीमा साझेदारी वन उपभोक्ता समुहहरु घरायसी प्रयोजनको नाममा लार्खौ क्युफिट सालको गोलिया जथाभावि रुपमा बेच्ने गरेको र खरिद भएको ठाउमा काठ नगई महगो दरमा तस्करी भइरहेको कुरा खुलेको छ ।
प्रहरिले ना २ त ३८२ र ना २ त ३२३९ नम्बरको ट्रयाक्टर लोड गरेको ३८ थान सालको गोलिया अन्दाजी २ सय ४८ क्युफिट काठ बरामद गरेको जिल्लाका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकिले बताए ।

डिभिजन वनका निमित प्रमुख बिरेन्द्र प्रसाद यादबले घरायसी प्रयोजनको लागी लगिएको काठ अन्यत्र लैजान नमिल्ने वताए । यादबको अनुसार यस बिषयमा अनुसंधान भइरहेको छ । पटक पटक यसरि काठ फेला पर्नुले साझेदारी वन उपभोक्ता समितीवाट अवैध रुपमा जंगलि काठहरु तस्करी भइरहेको खुलेको स्थानिय कृष्णा यादबले वताएको छ ।
झन्डै एक महिना अघि फुलजोरबाबा साझेदारी वन उपभोक्ता समिती बाटै हरिपूर्वा नगरपालिकाको उपभोक्ताको लागी छुटेको काठ महोत्तरी बाट बरामद भएको थियो ।

हरिपूर्वा नगरपालिकाको उपभोक्ताको नाममा बितरण गरेको १ सय ५० क्युफिट काठ महोत्तरीको माइस्थान बाट सब डिभिजन वन कार्यालयले बरामद गरेको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_nghpr1i00vbhks7lmsc1h9m6m6, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0