क्यान्सर पिडित मुस्लिम महिलालाई ४० हजार आर्थिक सहयोग

राधेश्याम कुशवाहा

सर्लाहीको चक्रघटा गाउँपालिकाका मुस्लिम क्यान्सर पिडित महिलालाई ४० हजार बराबरको आर्थिक सहयोग गरिएको छ । समाजसेवी यूवा पत्रकार राधेश्याम कुशवाहा को पहल र सक्रिय सहयोगी समाज सेवा, सर्लाहीको सहयोगमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तानान्तरण गरिएको छ ।


आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भन्दै सामाचार प्रकाशित र समाजिक संजालमा सहयोगका लागि अपिल गरेपछि विभिन्न मनकारी व्यक्ति र संघसंस्थाहरुबाट सहयोगको लागि चासो देखाएको छ ।
खाडी मुलुक मलेसियामा दिनरात मजुदुरी गरी खुन पसिना बगाईरहेको नेपाली यूवाहरुले सक्रिय सहयोगी समाज, सेवा गठन गरी आम्दनीको केही अंश जम्मा गरेर आर्थिक अभावका कारण उपचारमा समस्या भईरहेको नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

खाडी मुलुकमा मजुदरी गरेर आफनो आम्दनीको केही अंश बचाएर क्यान्सर पिडितको जिवनरक्षाको लागि यति ठूलो सहयोग गर्नुभएकोमा सम्पूर्ण साथीहरुलाई भित्रि आत्माले धन्यावाद दिन चाहेको कार्यक्रमको अध्यक्ष तथा पहलकर्ता राधेश्याम कुशवाहा ले बताए ।
एक दिन सदरमुकाम मंलगवामा रिर्पोटिंगको क्रममा हुदाँ मैले उहाँलाई सडक पेटीमा भिख माग्दै गरेको देखे । भिख माग्ने कारण सोध्दा श्रीमतीको क्यान्सर भएको कारण आर्थिक अभाव कारण उपचारमा समस्या भएर भिख माग्नु परेको महिलाको पति बसिर शेखले जवाफ फर्काउदै आँखा रसाएको थियो । उहाँको जवाफ सुनेर एकछिन आफू केही बोल्न सकिन्न, मेरो अन्तरात्मामा गहिरो चोट लाग्यो । देशमा तिन तहको सरकार छन, आम नागरिकको ठूलो त्याग र बलिदान स्वरुप देश संघियतामा गएपछि २० बर्षपछि स्थानिय निकायको चुनाव भयो । जनप्रतिनिधिहरुलाई जनतालाई सेवा गर्ने सौभाग्य प्राप्त भयो, घरघरमा सिंहदरबार आयो तर आज एक गरिब जनता उपचारमा मर्ने स्थितिमा पुगेका छन, आफनो जिवनसंगनीको जिवन रक्षाको लागि हिम्मत नहारी भिख माग्न समेत पछि परेका छैन । उहाँले हिम्मत हारेका छैन, भने हामी किन हिम्मत हार्ने उहाँको जिवनरक्षाको लागि हामीले पनि केही गर्नुपर्छ भने संकल्प गरेर मैले उहाँको एउटा विडियो समेत बनाए, पत्रकार कुशवाहा ले भने ।
जुन समाजिक संजालमा धेरै नै भाईरल भयो । सहयोगको माग राख्दै त्यसपछि स्थानिय तथा राष्ट्रिय मिडियामा सामाचार प्रकाशित गरेपछि विभिन्न मनकारी व्यक्ति र संघसंस्थाहरु सहयोगको लागि अघि आएको बताए ।

रकम हस्तानान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उपचारको खर्चको अभावमा मृत्यू मुखमा पुग्न लागेकी मुस्लिम महिलाको जिवन रक्षाको लागि अघि आएको पत्रकार कुशवाहा विशेष धन्यवादको पात्र रहेको प्रमुख अतिथि राजकुमार महतो ले बताए ।
देशमा संघियतामा गई तिन तहको सरकार निमार्ण भएपनि गरिब नागरिक आर्थिक अभावमा उपचारमा नपाएर मृत्यू रोज्न बाध्य हुदै आएको बेला समेत कुनै पनि तहको सरकारबाट उपचारको लागि कुनै पनि किसिमको पहल नहुनु दुर्भाग्य रहेको बताए । स्थानिय सरकारलाई गरिब नागरिकको घर, ढोकाको सरकार भएपनि क्यान्सर महिलालाई पाँच रुपियाको समेत सहयोग नहुनु प्रति गहिरो दुख प्रकट गर्नुभयो ।

चक्रघटा गाउँपालिका वार्ड न। ४ सुन्दरपुर स्थित मदरसमा गरिब, अतिविपन्न परिवारलाई क्यान्सर जस्तो दिर्घरोगको उपचारमा तिन तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त रकम हस्तानान्तरण गरिएको छ ।
मानव अधिकारकर्मी मुकेश मिश्र ले संचालन गरेको कार्यक्रममा नागरिक समाजको अगुवा शिवचन्द्र चौधरी, रजनिकान्त झा, मानवअधिकारकर्मी सुन्दरश्याम यादव, महिलाअधिकारकर्मी रम्भा, ओरेक प्रतिनिधि ममता साह, भोर प्रनिनिधि उमेश साह, पत्रकार मुकेश मिश्र, समाजिक अभियन्ता अनबरुल अंसारी, यूवा नेता भागनारायण महतो लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Comments
Loading...