पर्सा गाउँपालिकामा अपांगता सहायता सामग्री वितरण

मुकेश झा भदौ १७ पर्सा गाउपालिका

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने पर्सा गाउपालिकामा आज एक कार्यक्रम को बिच पर्सा गाउपालिका भित्र रहेको बिभिन्न अपांग् भएको व्यक्तिहरु लाई अपांगता सहायता सामग्री वितरण गरिएको छ ।


पर्सा गाउपालिकाको आयोजना तथा सहयोगमा पालिका भित्र रहेको विभिन्न वर्गको ६२ जना अपागंहरु लाई सहायता सामग्री को साथ साथै कोभिड–१९ रोकथाम को लागी हाइजिन किट(मास्क,सेनिटाइजर,साबुन इत्यादी)सहित को समाग्री बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नवल किशोर महतो ले बताउनु भयो ।
पर्सा गाउपालिका अध्यक्ष किसुनदेब रायको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा पुर्ण अपागं भएको ११ जनालाई तिन चक्का साइकल,१७ जना अपांगलाई प्लेन स्ट्रिक,१० जना अन्धो अपागं भएको व्यक्तिलाई ब्लाइन्ड स्ट्रिक,८ जना अपागं भएको े व्यक्तिलाई कम्बोड केयर, र ६ जना अपागं भएको व्यक्तिलाई हेयरिगं वाफ प्रदान गरिएको पर्सा गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिगंले वताउनुभयो ।
कार्यक्रममा गाउपालिका उप प्रमुख इन्द्रकाला साह,प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिगं,स्वास्थ्य शाखा प्रमुख नवल किशोर महतो,जनप्रतिनिधी,स्थानिय जनता तथा अपांगता भएका व्यक्तिहरु को उपस्थिती रहेको थियो ।

Comments
Loading...