RRPK को Graduation कार्यक्रम सम्पन्न

बिबेक कुमार यादब

सर्लाही-वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र नेपालको संयुक्त साझेदारीमा संचालित एकीकृत पोषण तथा उत्पादनशिल जिविकोपार्जन परियोजना अन्तरगत यस् हरिपुर्वा नगरपालिकामा UPG MODEL का कार्यक्रम अन्तरगत यस् पालिकाको वडा न.३,६,८, र ९ का गत Fy-2022 मा आबद्ध भएका १४५ घर परिवारहरु मध्ये ८० घरपरिवार हरुलाई हरिपुर्वा नगरपालिका वडा न.९(बगेवा)मा एक समारोहका बिच graduation कार्यक्रम सम्पन्न गरिएको छ।

यस् कार्यक्रमको मुल उद्देश्य नै अति बिपन्न घर परिवारको हरुलाई छनौट गरेर उनिहरुको आवस्यकता अनुसारको विभिन्न व्यापार,व्यवसाय,रोजगारमा सहयोग गरेर २ वर्षको अवधिमा विभिन्न ४ पिल्लरलाई लक्षित गराएर विभिन्न क्रियाकलापमा सहभागी गराएर उनिहरुको गरिबिपन लाई तुलना गरेर जीवन सहज र रोजगार दिलाउने उद्देश्यले एक स्टेप माथि उठाउनु हो भन्दै उक्त कार्यक्रमको फिल्ड संयोजनक सुशील महतोले जानकारी दिएको छ।

सोहिक्रममा कार्यक्रमको अध्यक्षता गरिराखेका हरिपुर्वा नगरपालिकाकि उप-प्रमुख सुमित्रा देवि ग्वारिन भन्छिन् “तपाईहरु खर्चको साथसाथै बचत गर्ने बानी पनि बसानुहोस् किनभने तपाईहरुको आजको बचत तपाईहरु लगायत बालबालिकाको पनि भविस्य बनाउने छन् ।त्यस्तै कार्यक्रममा उपस्तिथ हरिपुर्वा-३(धनकौल)कि रामशिला साह भन्छिन् पहिला मेरो घरको अवस्था दयनीय थियो जहिले देखी Rrpk संस्थाले व्यापारमा सहयोग गरेका छन् तबदेखी मेरो व्यापार पनि फस्टाएको छ र म बचत पनि गर्ने गरेको छु।

Comments
Loading...