१० किलो गांजा सहित २ जना प्रहरी नियन्त्रणमा

लोकप्रिय समाचारदाता

असोज ४ गते सर्लाही । सर्लाहीको पुर्वी क्षेत्रमा पर्ने भारतीय सिमा क्षेत्रमा बिगत केही दिनयता प्रतिबन्धित लागू औषध सहित तस्करहरुको बिगबिगी बढेको बेला सशस्त्र प्रहरी बल सुरक्षा जाचमा कडाइका साथ काम गरिरहेको छ ।
सर्लाहीको पर्सा गाउपालिका -२ संग्राम्पुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल बि ओ पि ले हिजो बुधबार दिउँसो पौने चार बजेको करिबमा नारायणपुर पर्सा को बिचमा रहेको भारतीय सिमा नजिक भारत तिर लैजादै गरेको १० किलो २ सय ग्राम गांजा सहित २ जनालाई नियन्त्रणमा लिइ थप अनुसंधानको लागि राती जिल्ला प्रहरी कार्यालय मलंगवा पठाएको सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुङले जानकारी गराए ।
पक्राउ पर्नेहरूमा सर्लाही पर्सा गाउपालिका वडा नम्बर ६ बस्ने गणेश ठाकुरको श्रीमती बर्ष ४५ को सुदामा देबि ठाकुर तथा सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५० को राजकिशोर महतो रहेको छ । उनिहरु बाट थप बरामद भएको समाग्री हरुमा नेपाली रुपैया १०३५।- दुई थान मोबाइल , एक थान चक्कु रहेको छन ।

Comments
Loading...