एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तर्गत नागरिक आवाज र कर्तब्य (CVA)समूह र UPG सदस्यहरु द्वारा हरिपूर्वा -३, मूसहरी टोलमा सरसफाई अभियान तथा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम

वर्षा झा

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल द्वारा सहयोगमा संचालित एकीकृत पोषण तथा उत्थानशील्ता जिविकोपार्जन परियोजना अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उदेश्य ले धनकौल (पूर्व) स्वास्थ्य चौकी, हरिपुर्वा ना.पा. ३ मा नागरिक आवाज र कर्तब्य (CVA) समूह गरिएको छ। CVA समूह र UPG का सदस्यहरू ,यस समुदायका बुद्धिजीवी, युवा मिलेर आज बिहान धनकौल मुसहरी टोलमा सरसफाई अभियान तथा जनचेतना दियो।नागरिक आवाज र कर्तब्य (CVA) एक समुदाय नेतृत्वको कार्यक्रम हो जसले स्थानीय शासन र निर्णय गर्ने प्रक्रियाहरुमा नागरिकको सहभागिता मजबुत गर्ने प्रयास गर्दछ। यो कार्यक्रम समुदायलाई उनीहरुको चिन्ताहरु अभिव्यक्त गर्न र त्यसको आधारमा समुदायलाई स्वयंक्रिय हुन दिने लक्ष्यका साथ डिजाइन गरिएको छ। नागरिक अवाज र कर्तव्य (CVA) समूह द्वारा गरिएको सराहनीय कार्यको गतिविधिहरुको प्रभावकारीता हुँदै भने कुरा यस वार्ड का कार्यपालिका सदस्यले बताउनु भयो। अनुगमन प्रक्रियामा नागरिक आवाज र कर्तब्य (CVA) सदस्यहरुसंग नियमित बैठकहरु विषयमा पनि छलफल तथा अनुगमन गरिएको छ। यस कार्यक्रम ले स्वास्थ्य संस्था बाट प्राप्त हुने सेवाहरुको गुणस्तरीय सराहनीय हुने (सञ्जु यादव-हरिपूर्वा-३ का CVA सदस्य ) ले बताउनु भयो र निरन्तर RRPK/WVI नेपाल को सहयोगले समुदाय का स्वास्थ्य सेवा हरुमा विशेष ध्यान आकर्षण/सुधार भएको देखिन्छ।

RRPK को परियोजना फिल्ड अधिकृत राजेश साहले बताउनु भयो।।

Comments
Loading...