एकीकृत पोषण तथा उत्थानशील्ता जिविकोपार्जन परियोजना अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिन नागरिक आवाज र कर्तब्य समूहद्वारा अनुगमन

मुकेश झा

  • हरिपूर्वा ०९ गते

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल द्वारा सहयोगमा संचालित एकीकृत पोषण तथाउत्थानशील्ता जिविकोपार्जन परियोजना अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उदेश्य ले धनकौल पूर्व स्वास्थ्य चौकी, हरिपुर्वा ना पा ३ मा नागरिक आवाज र कर्तब्य समूहद्वारा अनुगमन गरिएको छ। CVA  समूहहरुसंग स्वास्थ्य सेवाको प्रभावकारीता अनुगमन र मुल्यांकन गर्न गरेको छ।


नागरिक आवाज र कर्तब्य CVA एक समुदाय नेतृत्वको कार्यक्रम हो जसले स्थानीय शासन र निर्णय गर्ने प्रक्रियाहरुमा नागरिकको सहभागिता मजबुत गर्ने प्रयास गर्दछ। यो कार्यक्रम समुदायलाई उनीहरुको चिन्ताहरु अभिव्यक्त गर्न र त्यसको आधारमा समुदायलाई स्वयंक्रिय हुन दिने लक्ष्यका साथ डिजाइन गरिएको छ।
CVA का प्रतिनिधिहरूले नागरिक अवाज र कर्तव्य ऋख्ब् समूह द्वारा गरिएको सराहनीय कार्यको गतिविधिहरुको प्रभावकारीता मुल्यांकन गर्न र अनुगमन गर्ने काम गरेको छ। अनुगमन प्रक्रियामा नागरिक आवाज र कर्तब्य CVA सदस्यहरुसंग नियमित बैठकहरु विषयमा पनि छलफल तथा अनुगमन गरिएको छ। यस कार्यक्रम ले स्वास्थ्य संस्था बाट प्राप्त हुने सेवाहरुको गुणस्तरीय सराहनीय हुने उदेश्य रहेको छ। पूर्व धनकौल स्वास्थ्य संस्था इन्चार्ज (स्वास्थ्य व्यावस्थापन समिति का सचिव)  उमेश कुमार यादव का  अनुसार नागरिक आवाज र कर्तब्य CVA गठन पछि र निरन्तर सहयोग ले समुदाय का स्वास्थ्य सेवा हरुमा विशेष ध्यान आकर्षण सुधार भएको देखिन्छ।

RRPK  परियोजना अधिकृत सुमित कुमार शाह र फिल्ड अधिकृत राजेश साहले बताउनु भयो।

Comments
Loading...