सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । मेयर ब्रहमदेव रायले आफूूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गर्नुुभएको हो । उहाँले घरघरमा सामाजिक सुरक्षा भत्ता पुुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र उपलब्धीमूलक काम भएको दावी गर्नुभयो । उहाँले २०७९÷०८० को बजेटदेखि नगरपालिकाको भवन तयार भइरहेको र आगामी चैतमा सुविधासम्पन्न नगरपालिकाको भवनमा कार्यालय सार्ने तयारी रहेको उल्लेख गर्नुुभयो । उहाँले मदनपुर, हेमपुरलगायतका स्थानमा ठेकेदारको बद्मासीले सडक कालोपत्रेको काम पूरा गर्न चूूनौति भइरहेको गुनासो गर्नुभयो । पत्रकार सम्मेलनमा नगर उपप्रमुख पुनम कर्णले कर्मचारीको अभावमा न्यायीक समितिको काम अघि बढाउन नसकेको दुःखेसो पोख्नुुभयो । उहाँले नगरभित्र विकासका काम देखिँदै गएपनि कर्मचारीले उपप्रमुख भएकै कारण आफूूसँग कुनै सोधखोज र समन्वय नै नगरेको गुनासो गर्नुभएको छ । नगरपालिकाले अढाई वर्षमा गरेका मुख्य–मुख्य उपलब्धी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.