कारोनाको कारण रोकिएको कक्षा ११ को परिक्षा हरिपूर्वा नगरपालिकामा शुक्रबार देखि शुरु
मुकेश झा कार्तिक २२ २०७७
सर्लाहीको पुर्बी दक्षिणी क्षेत्रमा रहेको सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको केश्वर गरिब जनता माबिमा २०७६ को कक्षा ११ को परिक्षा शुक्रबार देखि होम सेन्टरमा नै कोरोना भाइरसलाई मध्य नजर गरिदै आबश्यक दुरी र हरेक बिद्यार्थीलाई अनिबार्य रुपमा मास्कको ब्यबस्थापन गरि शुरुवात भएको बिद्यालयको प्रअ रामपृत महतोले बताउनुभएको छ ।
बिगत ८ महिना देखि बिश्व भरि सहित नेपालमा कारोना भाइरसले मानबिय जनजिबनमा प्रभावित गरिरहेका बेला सबैभन्दा असर बालबालिका तथा शिक्षा क्षेत्रमा प्रभाव परेको हरिपूर्वा नगरपालिकाको शिक्षा अधिकृत जनक काफ्ले ले बताउनुभएको छ । लगातर ८ महिना देखि बिद्यालय बन्द हुदाँ बिद्यार्थीलाई परिक्षा दिन पनि गाह«ो भएकोले नेपाल सरकारले नै होम सेन्टरबाट नै कक्षा ११ र १२ को परिक्षा संचालन गर्न परिपत्र गरेको कारण बिद्यालयमा नै भौतिक दुरीको कायम गरि परिक्षा शुरुवात गरिएको छ ।
केश्वर गरिब जनता माबिमा कक्षा ११ को रेगुलर तर्पm १सय १४ बिद्यार्थी परिक्षामा सामिल भएको छन भने इक्जामटेड तर्फ ९५ जना बिद्यार्थीले परिक्षा दिने भएको छ । परिक्षालाई म¥यादित र शान्तिपुर्वक ब्यबस्थापनको लागी हरिपूर्वा नगरपालिकाको नेपाल प्रहरी चौकि इन्र्चाज भरत ठाकुरको नेर्तत्वमा प्रहरी संचालन गरिएको नगर प्रमुख सियाराम रायले बताउनुभएको छ ।