कारोना संगको एक महिनाको लडाई मा बिजयी भई कार्यालय आउनुभएको सकलदेब रायलाई भब्य स्वागत
लोकप्रिय समाचारदाता २५ – भाद्र –२०७७
सर्लाहीको हरिपूर्वा नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत सकलदेब राय कोरोना संक्रमण भएको झन्डै एक महिना पछि निको भई कार्यालय पुगेपछि राजनैतिक दल,जनप्रतिनिधी तथा कर्मचारीले भब्य स्वागत गरेको छन ।
गत साउन २६ गते कारोना टेस्ट भएको ५ दिन पछि आएको रिर्पोटमा निमित प्रमुख प्रशासकिय अधिकृत राय कोरोना संक्रमण पोजेटिभ भएपछि स्वास्थ्य बिग्रिदै जादाँ उहालाई मलगंबा बाट प्रादेशिक अस्पताल जनकपूरमा भर्ना गरिएको केही दिनमै पुनः स्वास्थ्य बिग्रेपछि थप उपचारको लागी काठमाडौं लगिएको थियो । हरिपूर्वा नगरपालिकाको आर्थिक मसान्त समाप्त भए देखि नै उहाँ बिभिन्न समस्याको कारण कार्यालयमा अनुपस्थित रहेको कारण बिगत २ महिना देखी सेवाग्राही लाई निकै समस्या परेको बेला आज देखि निमित प्रमुख प्रशासकिय अधिकृत सकलदेब राय जिमेबारी सम्भाले पछि नगरपालिकाको काम काज तथा नगरसभाको तयारी पनि छिट्टै हुने नगरप्रमुख सियाराम रायले बताउनुभएको छ ।
आज देखि निमित प्रमुख प्रशासकिय पद पुनः समभालनु भएको सकलदेब रायले स्वागत कार्यक्रममा अबको आउदोँ समयमा नगरपालिकाको बिकास निर्माणको काममा तत्पर भएर काम गर्ने तथा नगरपालिकालाई राम्रो नगरपालिकाको रुपमा स्थापित गर्न एकदमै तयार भएर आएको बताउनुभयो ।